News Category 2070/05/01
पर्याप्त वर्षा नभएपछि धानको उत्पादन घट्ने सम्भावना
दैनिक संवाददाता
राजविराज, ३२ साउन ।
सुरुमा बर्षाले साथ दिएपछि यस बर्ष सप्तरीमा ८० प्रतिशत धान रोपाई भएपनि अहिले खेतमा प्रर्याप्त पानी भएकाले धानबाली प्रभाबित भएको छ ।
असारको दोश्रो साता र साउनमा बर्षा भएपनि किसानहरुले खेतीयोग्य जग्गामा धान रोपाई गरेपनि अहिले पानीको आभावमा धानबालीको बृद्धि विकासमा समस्या देखिएको छ ।
रोपाई गरेको धानबालीमा पानीको मात्रा कम भएकाले बालीको जुन किसिमले विकास हुनुपर्नेथ्यो त्यो हुन नसकेको जिल्ला कृषि विकास कार्यालय सप्तरीका प्रमुख अनुपलाल साह बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ–‘‘ बर्षा भएपनि शुरुमा किसानहरुले धान रोपाई गरेपनि अहिले पानी सुकेपछि धानबालीको बृद्धि विकासमा अबरोध पुगेको छ ।” धानबालीको बृद्धि विकासको लागि महत्वपुर्ण समय मानिएको अहिलेको समयमा प्रर्याप्त बर्षा नभएकाले यस बर्षपनि धानको उत्पादनमा कमी आउने प्रमुख साहको भनाई छ ।
सप्तरीको पूर्वी क्षेत्रमा बढी धान रोपाई भएपनि खेतमा पानी नहुदाँ धान सुक्न थालेको छ भने जिल्लाको पश्चिमी भेगमा थोरै मात्र धान रोपाई भएको साह बताउनुहुन्छ ।
रोपाई भएको जग्गा मध्ये कतिपय जग्गमा धान सुक्न थालेका छन् भने कतिपय जग्गामा रोपाई भएको धानबालीमा ग्वारो किराको प्रकोप बढेको छ ।
सप्तरीमा यस बर्ष धान उत्पादनका लागि रहेको ७० हजार हेक्टर क्षेत्रफल जग्गा मध्ये ८० प्रतिशत जग्गामा धान रोपाई भएको जिल्ला कृषि विकास कार्यालय सप्तरीले जनाएको छ ।
गत बर्ष पानीको आभावमा कुल खेतीययोग्य जग्गा मध्ये करिब २५ प्रतिशत जग्गामा मात्र धान रोपाई भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ