News Category 2072/08/21
मानवअधिकारको टोली फिर्ता बोलाइएको कार्यको भत्र्सना अस्पताल सूचारु गर्न निकायलाई बौद्धिक समाजको अपील
दैनिक संवाददाता
राजविराज, २० मंसिर ।
बौद्धिक समाज सप्तरीले नेपालमा जारि मधेश आन्दोलनका क्रममा राष्ट्रिय मानवअधिकार आयोगले मधेशबाट आफ्नो अनुगमन टोली फिर्ता बोलाएको कार्यप्रति भत्र्सना गरेको छ ।
आइतबार राजविराजमा पत्रकार सम्मेलन गरि समाजका संयोजक अमरकान्त झाले मधेशी जनताको विश्वमै उदाहरणीय रहेको शान्तिपुर्ण आन्दोलनलाई बदनाम गराउन र दमनकारी सरकारलाई सहयोग पु¥याउने उद्देश्यले मधेशमा शान्ति सुरक्षाको प्रत्याभूति नभएको भन्दै आयोगको टोलीलाई फिर्ता बोलाउने कार्यको घोर भत्र्सना गर्दै आफ्नो दायित्व अनुसार दायित्वको निर्वाह गर्न राष्ट्रिय मानव अधिकार आयोगलाई अनुरोध समेत गरेको छ ।
यस्तै पत्रकार सम्मेलनमा राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा प्रहरीले चिकित्सक एवं स्वास्थ्यकर्मीहरुलाई कुटपिट गरेको घटना समेत निन्दनिय भएको भन्दै सोही घटनाको विषयलाई लिएर दुई सातादेखी बन्द रहेको अस्पताल सूचारु गर्न सम्बन्धित निकायलाई पहल गर्न अपील गरेको छ ।
जिल्लाको बौद्धिक समाज सप्तरी, मानव अधिकारकर्मी, नागरिक समाज, पेशागत संघ, संगठनको दबावमा जिल्लाका प्रमुख जिल्ला अधिकारी दुई–दूई पटक अस्पतालमा आई समस्या समाधान गर्नुको साटो पिडकलाई संरक्षण दिई प्रहरीको लाठी र बन्दुकको कुन्दाको प्रहारबाट सख्त घाइते स्वास्थ्यकर्मीको घाउ, खत जाँच गरी अपराधीलाई सजाय गराउन निवेदन समेत दर्ता नगरी नागरिकको आधारभूत संवैधानिक र कानुनी हकबाट समेत बन्चित गर्ने मानवीय अपराध गरेकोले जिल्ला प्रशासकको यस क्रियाकलापको समाजले घोर भत्र्सना समेत गरेको छ ।
सोही पत्रकार सम्मेलनमा वरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डलले जिल्लामा उत्पन्न स्वास्थ्य समस्याको समाधान गर्न गराउन राष्ट्रिय चिकित्सक संघ, स्वास्थ्य सेवामा कार्य गर्ने संघ संस्थाका साथै सम्पुर्ण जिल्लावासीसँग आह्वान गर्नुभयो ।
उहाँले जिल्ला भरीका स्वास्थ्यकर्मीहरु आन्दोलित हुँदा आम जनता स्वास्थ्य सेवाबाट बञ्चित रहेको स्मरण गराउँदै स्वास्थ्यकर्मीहरुको मागप्रति जिल्ला भरीका सवै संघ संगठन र राजनीतिक दलहरुले एक्यवद्धता जनाईसकेको अवस्थामा सम्बन्धित निकायले आवश्यक पहल गर्नुपर्ने बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ