News Category 2072/08/22
स्वास्थ्यकर्मीहरुको जायज मागलाई यथाशिघ्र पुरा गर्न राज्य पक्षसँग माग
दैनिक संवाददाता
राजविराज, २१ मंसिर ।
मधेशी मोर्चाले सप्तरीले जिल्लाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको जायज मागलाई यथाशिघ्र पुरा गर्न राज्य पक्षसँग माग गरेको छ ।
मोर्चाका सुचना तथा संचार समितिका संयोजक अमरनाथ मण्डलद्वारा सोमबार जारी विज्ञप्तीमा सप्तरीका सम्पुर्ण संघसंस्थाहरु विगत दुई सात्तादेखि पुर्ण रुपमा ठप्प रहेका कारणले जिल्लाका विरामीहरुलाई दिनप्रतिदिन समस्या उत्पन्न हुनुका साथै बाध्यतावश धरान, विराटनगर लगायतका जिल्लामा उपचार गराउँन बाध्य भएका छन भने जिल्लावासीहरु बिचल्लीमा परिरहेको अवस्थामा सरकारी पक्षबाट हालसम्म आन्दोलनको मागलाई सम्बोधन नगर्नु सरकारी पक्षको गैर जिम्मेवारीपनको पराकाष्ठा नै नाघेको ठहर गरिएको छ ।
हस्ताक्षरित विज्ञप्तीमा राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालको हात्ताभित्र सुरक्षाकर्मी प्रवेश गरी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमागि गरिएको अमानविय तरिकाबाट निर्घात कुटपिट तथा दुव्यर्हारको विरोधमा सप्तरी जिल्लाका साथै मुलुकका अन्य जिल्लाहरुमा समेत चिकित्सक तथा स्वास्थयकर्मीहरुद्वारा सशक्त विरोध गरिरहेको अवस्थामा पनि सम्बन्धित निकायले ध्यान नदिएकोप्रति दुख ब्यक्त गर्दै स्वास्थ्यकर्मीहरुको आन्दोलनप्रतिम धेशी मोर्चाले समर्थन जनाउँदै स्वास्थ्यकर्मीको आन्दोलनलाई यथाशिघ्र सम्बोधन गरी दोषीमाथि कडा कार्वाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।
मधेशी मोर्चाका जिल्ला संयोजक सुनिल कुमार झाको अध्यक्षतामा आयोजित सो बैठकले सर्वसाधारणहरुलाई नाकाहरुबाट आवश्यक परेका उपभोग्य सामग्री तथा पेट्रोलियम पदार्थ तथा अन्य सामग्रीहरु राति नल्याई दिनमै ल्याउन मोर्चाले सबैसँग अनुरोध समेत गरिएको छ ।
जारी विज्ञप्तीमा मोर्चाले जिल्लाको विभिन्न नाकाहरुलाई अनुगमन र निरीक्षण गरी व्यवस्थित पार्न मोर्चाका सचिवालय सदस्यहरुलाई अनुगमन र निरीक्षणको लागि टोली बनाईएको र सो टोलीलाई नाकाहरुमा पठाएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
साथै अधिकार प्राप्तिको लागि निर्णायक मधेश आन्दोलनलाई अझ सशक्त रुपमा कडा पार्ने मोर्चाको निर्णय रहेकोले सो कार्यमा सम्पुर्ण जनसमुदायहरुलाई सदा झै सहयोगको अपेक्षा राख्दै यस निर्णायक आन्दोलनबाट अधिकार प्रभसप्त गरेरै नै छाडने प्रतिवद्धता समेत जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ