News Category 2072/08/23
४८ घण्टाभित्र माग पुरा नभए औषधी व्यवसायी आन्दोलनमा उत्रने चेतावनी
दैनिक संवाददाता
राजविराज, २२ मंसिर ।
प्रहरीले गरेको कुटपिट र दुव्यवर्हार घटनाको घोर भत्सर्ना गर्दै औषधि व्यवसायी संघर्ष समिति सप्तरीले मंगलबार प्रधानमन्त्री समक्ष ज्ञापन पत्र पठाएका छन ।
अंचल अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीहरुको जायज माग ४८ घण्टाभित्र सम्बोधन गर्नुपर्ने माग गर्दै नेपाल औषधि ब्यवसायी संघ सगरमाथा अंचल कमिटि औषधि व्यवसायी संघर्ष समिति सप्तरीका संयोजक प्रमोद कुमार यादवको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री समक्ष ज्ञापनपत्र पठाएका हुन ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नारायण प्रसाद चिमरियाको नेतृत्वमा खटिएको प्रहरीले आन्दोलनको क्रममा अस्पताल हाताभित्र पसेर ड्युटीमा रहेका चिकित्सक, स्वास्थयकर्मी तथा नर्सिङ्ग कर्मचारीलाई हातपात, कुटपिट तथा दुव्यर्वहार घटनाको बिरोधमा अस्पतालका सम्पुर्ण सेवाहरु विगत दुई सातादेखि बन्द रहेको छ ।
समस्या समाधान गर्नेतर्फ राज्य तथा सम्बन्धित निकायको ध्यान नगएको प्रति दुःख ब्यक्त गर्दै प्रहरी प्रशासनले गरेको दमनको घोर भत्सर्ना गर्दै नेपाल सरकारलाई ४८ घण्टे अल्टिमेटम सहित सो ज्ञापन पत्र बुझाएको छ ।
सो अल्टिमेटमको अवधिमा जिल्लाका सम्पुर्ण औषधि व्यवसायीहरु हतमा कालोपटी बाँधेर पसल संचालन गर्ने तथा सो अवधिमा समेत सरकारले कुनै संवेदनशिलता नदेखाएमा औषधि व्यवसायीहरु क्डा आन्दोलनमा उत्रन बाध्य हुने बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
बुझाईएको ज्ञापन पत्र गृहमन्त्री, स्वास्थ्यमन्त्री समेतलाई बोधार्थ गरिएको संयोजक यादवले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ