News Category 2072/08/24
चुरेसहितको मधेश दुई प्रदेश नभए आन्दोलन झन चर्कने ः वक्ताहरु
दैनिक संवाददाता
राजविराज, २३ मंसिर ।
सिमांकन जुङ्गाको लडाई रहेको भन्दै पूर्व झापादेखी नारायण नदी र नारायण नदीलाई सीमा राखेर पश्चिम कंचनपुरसम्म चुरेसहितको मधेश र थरुहट प्रदेश भए मात्र मधेशी जनतालाई मान्य हुने एक कार्यक्रमका सहभागि वक्ताहरुले बताएका छन ।
संघीय समावेशी मधेशी गठबन्धन केन्द्रीय आह्वानमा मधेशी मोर्चा सप्तरीले बुधबार राजविराजमा आयोजना गरेको मधेशको एजेण्डा र सहमतिको प्रयास विषयको एक दिने अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले सो कुरा बताएका हुन् ।
उनीहरुले सो बमोजिम सिमांकनमा अलिकति पनि हेरफेर भए मधेशी जनताहरुलाई सो मान्य नहुने बताउँदै सहभागिहरुले आन्दोलनलाई झनै चर्कने बताएक छन् ।
मधेशको समस्या मधेशी नेताहरु नै रहेको भन्दै कार्यक्रमका सहभागिहरुले बिना सिमांकन सम्झौता भए अब मधेशी नेताको विरुद्धमा मधेशी जनताहरु ओर्लने चेतावनी दिएका छन ।
कार्यक्रममा सहभागिहरुले मधेश आन्दोलनबाट मधेशको अधिकार प्राप्त हुन नसक्ने कारण त्यसमा खसवादीहरुले घुसपैठ गर्दै आएको तथा ठुला पार्टीहरु नै मधेशको अधिकार दिन नचाहेको आरोप समेत लगाए ।
मधेशी मोर्चा सप्तरीका संयोजक सुनिल कुमार झाको अध्यक्षतामा आयोजित सो अन्तरक्रिया कार्यक्रममा मधेशी जनअधिकार फोरम गणतान्त्रिकका केन्द्रिय उपाध्यक्ष गंगाराम यादव, सदभावना पार्टीका केन्द्रिय सदस्य दिपेन्द्र चौधरी, नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य रामवृक्ष महतो, नेपाल सदभावना पार्टी गजेन्द्रवादीकी केन्द्रिय सदस्य सावृत्रि पण्डित, नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य जय प्रकाश सिंह, बौद्धिक समाज सप्तरीका अध्यक्ष प्रा.अमरकान्त झा, बरिष्ठ पत्रकार अनिल कुमार अनल, नेपाल शिक्षक महासंघका अध्यक्ष फुलेश्वर कुमार मण्डल, महासंघका सल्लाहकार विजयानन्द झा, समाजसेवि शशि यादव, मधेशी मोर्चाका सचिवालय सदस्य सत्य नारायण यादव, नेकपा (माओवादी) का जिल्ला संयोजक जयप्रकाश यादव, नेपाल सदभावना पार्टीका जिल्ला अध्यक्ष सुब्बी यादव, प्याब्सन अध्यक्ष पंचदेव यादव, मधेशी स्वास्थ्यकर्मी संगठनका अध्यक्ष छेदी यादव, मधेशी कर्मचारी संगठनका अध्यक्ष राम नारायण मेहता, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष धिरेन्द्र प्रसाद साह, मधेशी मोर्चाका नगर संयोजक उमेश साह, गाविस सचिव हकहित संरक्षण केन्द्र नेपालका केन्द्रिय उपाध्यक्ष राम कुमार यादव, केन्द्रका जिल्ला अध्यक्ष भागवत यादव, नेपाल मधेशी निजामती कर्मचारी मंचका अध्यक्ष अजय कुमार झा, मेधशी राष्ट्रिय निजामती कर्मचारीका अध्यक्ष छोटेलाल यादव, नगरपालिका कर्मचारी एशोसिएशनका उमेश यादव, स्थानीय निकाय कर्मचारीका अध्यक्ष कमलेश्वर बिराजी लगायतका बक्ताहरुले सरकारले संचालन गर्न लागेको जनताको माग जनताको संविधान कार्यक्रम सप्तरीसहित मधेशका जिल्लाहरुमा संचालन गर्न नदिने चेतावनी दिनु्भएको छ ।
सोही अन्तरक्रिया कार्यक्रममा मधेशी मोर्चा निकट विभिन्न पार्टीका केन्द्रिय सदस्य, जिल्ला अध्यक्ष, संचारकर्मी, विभिन्न संघ संगठनका प्रतिनिधिहरुको सहभागिता रहेको मोर्चाका सचिवालय सदस्य एवं राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डलले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ