News Category 2070/05/02
छिन्नमस्ता भगवती मन्दीरकोे आयव्यय सार्वजनिक
राजविराज÷सप्तरीको छिन्नमस्ता गाविसस्थित छिन्नमस्ता भगवती मन्दिरले शनिवार आर्थिक बर्ष २०६९÷०७० को आयव्यय सार्वजनिक गरेको छ ।
मन्दिर प्राङगणमा आयोजित लेखा प्ररिक्षण प्रतिबेदन सार्वजनिक कार्यक्रममा मन्दिरका मुलपुजारी तथा मन्दीर संरक्षण सम्बद्र्धन समितिका कार्यवाहक अध्यक्ष महाकान्त ठाकुरले आर्थिक बर्ष २०६९÷०७० को आयव्यय सार्वजनिक गर्नुभयो ।
आर्थिक बर्ष २०६९÷०७० मा शक्तिपिठमा आय तर्फ ३२ लाख ७ हजार २ सय ४१ रुपैयाँ रहेकोमा ४ लाख २ हजार ३४ रुपैयाँ बैंक मौज्दात रहेको लेखा परिक्षण प्रतिबेदनमा उल्लेख छ ।
शक्तिपिठले बली प्रदानबाट १५ लाख ७१ हजार ९ सय ३५ रुपैयाँ, चन्दाबाट १ लाख ६६ हजार ७ सय ६२ रुपैयाँ, गाडी पार्किङबाट २ लाख ८२ हजार ७४ रुपैयाँ, पोखरीबाट १ लाख २२ हजार ७ सय, दान पेटिकाबाट २ लाख ५५ हजार ४ सय ९८ रुपैयाँ र पसल भाडाबाट २ लाख ८२ हजार ३ सय ८७ रुपैयाँ आम्दानी भएको लेखा परिक्षण प्रतिबेदनमा जनाएको छ ।
यस्तै आम्दानी मध्ये कर्मचारीको तलब, दशै खर्च, शक्तिपिठको भौतिक पुर्वाधार निर्माण मर्मत, भौतिक पुर्वाधार सामग्री खरिद र मोटरसाईकल मर्मत, पिठाधिशलाई काठमाण्डौ जान र आउने लगायतको शिर्षकमा रकम खर्च भएको जनाएको छ ।
सो अवसरमा सप्तरीमा प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेल, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष धीरेन्द्र प्रसाद साह, बरिष्ठ पत्रकार शिबहरि भट्टराई, पत्रकार महासंघ सप्तरीका पुर्व सभापति ब्यासशंकर उपाध्याय लगायतले मन्दीर संरक्षण समितिले लेखा परिक्षण प्रतिबेदन सार्वजनिक गर्ने कार्यको थाल्नी गर्नु ठीक भएपनि प्रतिबेदनमा अझै सुधारको खाँचो औल्याउनुभयो ।
कार्यक्रममा मन्दिर संरक्षण समितिका पुर्व सचिवद्वय बाबुनारायण मण्डल, बिनोद यादव, स्थानिय शिक्षक पवन कुमार झा, युवा बिद्यानन्द चौधरी लगायतले प्रतिबेदनमा व्यापक त्रुटी रहेकाले यसमा सधार ल्याउन माग गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ