News Category 2072/08/25
“लेभल” मिलाएको भन्दै हरियो रुख काटिदा, गजेन्द्र चौक “कुरुप” बन्यो
दैनिक संवाददाता
राजविराज, २४ मंसिर ।
“ग्रिन राजविराज, क्लिन राजविराज” भन्ने नारा अब नारामै सीमित हुने भएको छ । बिहीबार बिहान राजविराजस्थित गजेन्द्र चौकमा जे देखियो त्यसले सो नारा, नारा मै सीमित हुने देखिएको छ ।
आर्थिक वर्ष २०७१÷७२ मा राजविराज नगरपालिकाले नगर क्षेत्रलाई हराभरा गर्ने उद्देश्यले बिरुवा रोप्ने काम गरेको थियो । तर, बिहीबार बिहान सोही नगरपालिकाले नगर क्षेत्रमा दशकौंदेखी रहेको ठूला ठूला रुखहरुलाई “लेभल” मिलाएको भन्दै माथीबाट काटेको छ । स्थानिय गजेन्द्र चौकमा रहेको दुई दर्जन भन्दा बढी ठूला ठूला रुखहरुलाई नेपाली सेनाका जवानहरुको सहयोगमा काटिएको हो ।
सोही चौकस्थित स्व. गजेन्द्र नारायण सिंहको प्रतिमा रहेको स्थान वरिपरिका आधा दर्जन ठूला ठूला रुखहरुलाई माथीबाट काटेर कुरुप जस्तै बनाएको छ । अहिले सो स्थल हराभराको साटो खाली र उदास जस्तै बनेको छ ।
त्यस्तै नरपालिकाको निर्देशनमा राजविराजस्थित श्री कृष्ण दल गणका जवानहरुले गजेन्द्र चौक वरिपरीका दुई दर्जन भन्दा बढी हरियो बोटहरुलाई केही क्षणमै काटेर कुरुप पारेका छन् । वर्षौदेखी हुर्केको सो बोटविरुवामा हरियो पातहरु ठूलै मात्रामा रहेको थियो । जस कारण सो क्षेत्रमा स्वच्छ हावा र वातावरणीय दृष्टिले पनि हराभरा देखिन्थ्यो । तर, अब सो क्षेत्र त्यसको देखिदैन् ।
राजविराज नगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद गुरुङ्गले बोटविरुवाहरुलाई एकै साइजमा पार्ने गरि लेभल मिलाएको प्रतिक्रिया दिनुभयो । स्थानियवासीका अनुसार सो क्षेत्रमा रहेका कुनै पनि बोटविरुवा सुखेको तथा खराब नभई हरियो नै रहेको तथा बोटविरुवाका कारण कुनै पनि समस्या उत्पन्न नभइरहेको अवस्थामा नगरपालिकाले के उद्देश्यले काटेकोप्रति आक्रोस व्यक्त गरेका छन् ।
त्यहा रहेका केही बोटविरुवाहरुलाई भविष्यमा पुनः नलाग्ने गरि सुखेरै जाने अवस्थामा काटिएको छ । यता बोटविरुवालाई तिब्र रुपमा लेभल मिलाउँदै जाँदा त्यहा रहेका मधेशी मोर्चाका नेता कार्यकर्ताहरुले कार्यकारी अधिकृत गुरुङ्गलाई कटिङ्ग गर्ने कार्य अविलम्ब रोक्न दबाब दिएपछि सो कार्य रोकिएको थियो ।
श्रोतका अनुसार बिहीबारदेखी चिसो बढेकोले हरेक वर्ष झैं यस वर्ष पनि राजविराज नगरपालिकाले दाउराको व्यवस्था मिलाउने कार्य गर्नका लागि बोटविरुवाहरुको लेभल मिलाएर काटिएको हाँगाहरुलाई दाउराको रुपमा प्रयोग गर्ने जनाइएको छ । किन भने झण्डै चार महिनादेखी जारि मधेश आन्दोलनका कारण दाउरा समेतको अभाव रहेकोले त्यस्तो कार्य गरिएको बुझिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ