News Category 2072/08/25
चार महिनाको अवधीमा मानव अधिकारको अत्याधिक हनन्
दैनिक संवाददाता
राजविराज, २४ मंसिर ।
मधेश आन्दोलनको चार महिनाको अवधिमा सप्तरीसहित मधेशका जिल्लाहरुमा मानवअधिकार हनन्को घटनामा बृद्धि भएको एक कार्यक्रमका सहभागि बक्ताहरुले जनाएका छन् ।
नेपाल मानवअधिकार संगठन सप्तरीको आयोजनामा अन्र्तराष्ट्रिय मानवअधिकार दिवसको अवसरमा बिहिबार राजविराजमा आयोजित सप्तरीमा मानवअधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले सो कुरा जनाएका हुन ।
कार्यक्रममा सहभागि बक्ताहरुले मधेश आन्दोलनको क्रममा सप्तरीमा खासगरी राज्य पक्षको निर्देशनमा स्थानीय प्रहरी प्रशासनद्वारा व्यापक मात्रामा मानवअधिकार हनन्का घटना भएको उल्लेख गरे ।
मधेश आन्दोलनलाई दबाउन राज्यद्वारा मधेश आन्दोलनमा दमन गरेको आरोप लगाउँदै सहभागिहरुले आन्दोलनको क्रममा स्थानीय प्रहरी प्रशासनद्वारा राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा ंअंचल अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि गरिएको कुटपिट र दुव्र्यवहारका साथै सर्वसाधारणको घर घरमा प्रवेश गरी कुटपिट गर्नु तथा पत्रकारमाथि दुव्र्यवहार र कुटपिट तथा प्रेस र पत्रकारको मोटरसाईकलमा गरिएको तोडफोड घटनाको घोर भत्सर्ना गरेको छ ।
यता अस्पताल घटनामा मुख्य दोषी डिएसपी नारायण प्रसाद चिमरिया रहेको आरोप लगाउँदै अस्पताल घटनाको अविलम्व छानबिन गरी छिटो भन्दा छिटो समस्या समाधान गर्नुपर्नेमा वक्ताहरुले जोड दिनुभयो ।
नेपाल मानवअधिकार संगठन सप्तरीका अध्यक्ष हेम नारायण चौधरीको अध्यक्षता तथा पुनरावेदन अदालत राजविराजमा मुख्य न्यायाधिश ईश्वर प्रसाद खतिवडाको प्रमुख आतिथ्यमा आयोजित सो अन्तरक्रिया कार्यक्रममा जिल्ला अदालतका न्यायाधिश राम प्रसाद अधिकारी, बरिष्ठ राजनितिज्ञ खुशीलाल मण्डल, सप्तरीका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट, पुनरावेदन अदालत बार इकाईका अध्यक्ष महेन्द्र कुमार चौधरी, जिल्ला बार इकाईका अध्यक्ष कृपा नारायण यादव, प्राध्यापक संघका अध्यक्ष शिब नारायण यादव, नेपाल चिकित्सक संघका अध्यक्ष डा. तिर्थ नारायणलाल कर्ण, रेडक्रस सोसाईटीका सभापति जोगेन्द्र भगत, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष धिरेन्द्र प्रसाद साह, सेकडिहुरफका अध्यक्ष आभासेतु सिंह, जिल्ला वार इकाईकी पुर्व उपाध्यक्ष मिना देव लगायतका बक्ताहरुले बोलेका थिए ।
सोही अन्तरक्रिया कार्यक्रममा संगठनकी उपाध्यक्ष सविता कोईरालाले स्वागत मन्तव्य ब्यक्त गरेकी थिईन भने संगठनका अध्यक्ष हेम नारायण चौधरीले संगठनको केन्द्रिय कार्य समितिद्वारा पठाईएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/22 सैनिक जनशक्ति फिर्ता जाने भएपछि स्थानीय उत्रे आन्दोलनमा
- 2082/03/22 सकियो मेयरकप ब्याडमिन्टन
- 2082/03/22 सडक मै ढाट तेर्साएर चक्काजाम
- 2082/03/19 एमाले सप्तरीमा निकै असन्तुष्टि, मन्त्रीले ल्याएको विकास योजनामा आफ्नै नेताहरुबाट बिरोध
- 2082/03/19 एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सुरुङ्गा नगरपालिकाद्वारा नगदसहित पुरस्कृत
- 2082/03/19 लाखौं मुल्य बराबरको भन्सार छलेका सामानहरु बरामद
- 2082/03/18 भ्रामक समाचार हाल्नेविरुद्ध कानुन अनुसार अघि बढ्ने ः पत्रकार महासंघ सप्तरी
- 2082/03/18 अस्पतालभित्रै महिलामाथि बलात्कारको प्रयास गर्ने पक्राउ
- 2082/03/17 बसको ठक्करबाट बालकको ज्यान गएको बिरोधमा स्थानीयद्वारा सडक अवरुद्ध
- 2082/03/17 आधारभूत पत्रकारिता तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ