News Category 2072/08/25
आजदेखी बिहान १० बजेसम्म औषधी पसल बन्द
दैनिक संवाददाता
राजविराज, २४ मंसिर ।
नेपाल औषधि ब्यवसायी संघ सगरमाथा अंचल कमिटिले शुक्रबार बिहान १० बजेसम्म सम्पूर्ण औषधी पसलहरु बन्द गर्ने निर्णय गरेको छ ।
गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई प्रहरीले कुटपिट गरेको भन्दै आन्दोलनरमा उत्रेका स्वास्थ्यकर्मीहरुको माग ४८ घण्टाभित्र सम्बोधन नभएको भन्दै उनीहरुे सो निर्णय गरेका हुन् ।
औषधि व्यवसायी संघर्ष समिति सप्तरीका संयोजक प्रमोद कुमार यादवको नेतृत्वमा मंसिर २२ गते जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री समक्ष ज्ञापनपत्र पठाएका थिए ।
समस्या समाधान गर्नेतर्फ राज्य तथा सम्बन्धित निकायको ध्यान नगएको प्रति दुःख ब्यक्त गर्दै प्रहरी प्रशासनले गरेको दमनको घोर भत्सर्ना गर्दै नेपाल सरकारलाई उनीहरुले ४८ घण्टे अल्टिमेटम सहित सो ज्ञापन पत्र बुझाएका थिए ।
यसअघि अल्टिमेटमको अवधिमा जिल्लाका सम्पुर्ण औषधि व्यवसायीहरु हातमा कालोपटी बाँधेर पसल संचालन गरेका थिए । यस्तै पुस २ गतेसम्म माग सम्बोधन नभए अर्को चरणको आन्दोलनका कार्यक्रम घोषणा गरिने जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ