News Category 2072/08/26
प्रहरी विरुद्ध सप्तरीका स्वास्थ्यर्मीहरुद्वारा बिरामीसहित प्रदर्शन
दैनिक संवाददाता
राजविराज, २५ मंसिर ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरुमाथि प्रहरीद्वारा गरिएको दमनको विरुद्धमा विगत २० दिनदेखी उनीहरु आन्दोलनरत रहेका छन् । जसकारण जिल्लाका सम्पूर्ण स्वास्थ्य संस्था बन्द रहेको छ ।
गत मंसिर ६ गते जिल्लाको गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल हाताभित्र प्रहरीले अस्पतालका चिकित्सक, कर्मचारीहरुलाई कुटपिट गरेको थियो ।
यसैबीच जिल्लाभरीका स्वास्यकर्मीहरु शुक्रबार राजविराजमा नाटकीय रुपमा बिरामी बोकेर प्रहरी प्रशासनको विरुद्धमा बृहत दबाबमूलक ¥याली निकालेका छन् ।
सप्तरीका सुरक्षा प्रमुखहरु एसपी, डिएसपी तथा सशस्त्र प्रहरीका एसपीलाई तत्काल निलम्बन गर्नुपर्ने, सुरक्षाको पुर्ण ग्यारेन्टी हुनुपर्ने र घाईतेहरुको उपचार तथा उचित क्षतिपुर्तिको माग गर्दै अस्पतालको इमरजेन्सी सेवा समेत विगत तिन सात्तादेखि ठप्प पारी जिल्लाभरीका सम्पुर्ण स्वास्थ्यकर्मी आन्दोलित बनेका छन ।
संयुक्त संघर्ष समिति सप्तरीको अगुवाईमा सरकार तथा सम्बन्धित निकायलाई दबाव दिनका लागि अस्पतालमा चिकित्सक, स्वास्थयकर्मी तथा कर्मचारीहरु मथि भएको कुटपिट तथा अमानविय व्यवहार बन्द गर, प्रहरी प्रशासन मुर्दावाद, स्वास्थ्यकर्मीहरुको जायज माग अविलम्व पुरा गर भन्ने नाराका साथ अस्पतालको प्राङ्गणबाट हजारौ स्वास्थ्यकर्मीहरुको सहभागितामा निकालिएको दबाब ¥याली नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।
नगर परिक्रमा पश्चात् बिरामी सहितको दबाबमूलक ¥याली जिल्ला प्रशासन कार्यालय पुगेको थियो । त्यहा पुगेपछि प्रमुख जिल्ला अधिकारी नारायण भट्टले सक्दो छिट्ै समस्याको समाधान गर्नतर्फ आफू लागिपरेको बताउनुभयो ।
सो दबावमूलक ¥यालीमा जिल्लाभरीका सम्पुर्ण स्वास्थ्यकर्मीहरुका साथै डेन्टल डाक्टरहरु, नेपाल औषधि व्यवसायी संघ, अस्पताल विकास समिति कर्मचारी युनियन सहित विभिन्न कार्यालयका कर्मचारी, जिल्लाभरीका निजामती कर्मचारीसहित हजारौको सहभागिता रहेको थियो ।
यता विगत लामो समयदेखि जिल्लाभरीका स्वास्थ्य संस्थाहरु ठप्प हुँदा हजारौ जिल्लाबासीहरु सेवाबाट बञ्चित हुनुका साथै छिमेकी धरान, विराटनगर र भारत गएर उपचार गराउँन बाध्य भएका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ