News Category 2072/08/26
हरुवा चरुवप्रति सरकार संवेदनशिल छैन् ः वक्ताहरु
दैनिक संवाददाता
राजविराज, २५ मंसिर ।
हरुवा चरुवाको मुक्तिका लागि विगत दुई दशकदेखी संघर्ष गरिरहेको भूमिहिन हरुवा चरुवाको दोश्रो जिल्ला अधिवेशन शुक्रबार सप्तरीको मधुपट्टी गाविसमा सुरु भएको छ ।
हरुवा चरुवा अधिकार मञ्च सप्तरीका अध्यक्ष दशन मण्डलले हरुवा चरुवो औजारको रुपमा प्रयोग गर्ने हलो उठाएर अधिवेशनको उद्घाटन गर्नुभयो ।
उद्घाटन समारोहमा वक्ताहरुले मेधशमा ५८ हजार हरुवा चरुवा रहेको स्मरण गराउँदै जुनसुकै सरकार आएपनि हरुवा चरुवाको समस्याप्रति संवेदनशिल नरहेको आरोप लगाएका छन् ।
उनीहरुले मुुलुकमा विभिन्न मुक्ति आन्दोलन हुँदा समेत हरुवा चरुवाको अवस्था जहाको त्यही रहेको बताउँदै सरकारे हालसम्म पनि कुनै ठोस नीति बनाउन नसकेको तथा वार्षिक बजेटमा कुनै स्थान नदिएको प्रति गुनासो व्यक्त गरेका छन् ।
वक्ताहरुले सिनो बहिष्कार आन्दोलन सप्तरीकै मधुपट्टी गाविसबाट सुरु भएको बताउँदै अहिले सम्पूर्ण राजनीतिक दहरुले हरुवा चरुवाकै मुद्दा उठाएर राजनीति गरिरहेको आरोप समेत लगाए । उनीहरुले आगामी दिनहरुमा हरुवा चरुवाहरु अझ सशक्त भएर मुक्तिका लागि आन्दोलन गर्नुपर्ने सुझाव समेत दिएका छन् ।
जनचेतना दलित संगम, फ्रिडम फोरमको सहयोग तथा हरुवा चरुवा अधिकार मञ्च सप्तरीको आयोजनामा आयोजित उद्घाटन सत्रमा फ्रिडम फोरमका हरि जोशी, भूमि आन्दोलनका अगुवा बलदेव राम, कमैया आन्दोलनका अगुवा रामदयाल चौधरी, कम्लहरि आन्दोलनकी अगुवा कौशला चौधरी, भूमि अधिकार मञ्चकी तुलादेवी राम, दलित संरक्षण केन्द्रका राजेश राम, हुर्क नेपालका पार्थो सरकार, तपेश्वरी समाजका प्रदीप जोशी,दलित अभियानका अगुवा एवं पत्रकार अर्जनु थपलिया, कमल नारायण चौधरी लगायतका वक्ताहरुले अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रमको उद्देश्य बारे जनचेतना दलित संगमका कार्यकारी निर्देशक गणेश कुमार रामले प्रकाश पार्नु भएको थियो भने कार्यक्रममा शारदा चौधरीले स्वागत मन्तव्य दिनु भएको थियो । कार्यक्रममै विभिन्न साँस्कृति नाचगान समेत देखाइएको थियो । दुई दिनसम्म चल्ने सो अधिवेशनमा सप्तरीका हरुवा चरुवाहरुको उपस्थिति रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/01 डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर
- 2082/02/01 ट्याक्टर पल्टिदा चालकको मृत्यु
- 2082/02/01 एक महिलासहित पाँच जना फरार प्रतिवादी पक्राउ
- 2082/01/30 रोकिएनन् लेखापढीहरुको अनाधिकृत रकम असुली, “दुई हजार पाँचसय देखी पाँच हजार रुँपैया” सम्म लिदै
- 2082/01/30 आमा र भाइले आफुलाई बदनाम गर्न खोजेको जेठो छोराको गुनासो
- 2082/01/30 अनुमति लिएको भन्दा बढी आठ विद्यालयले कक्षा संचालन गर्दै
- 2082/01/30 विभिन्न बहानामा दलितमाथी हुने गरेको विभेद विरुद्ध कारवाहीको माग
- 2082/01/29 कान्छो छोरालाई थाहै नदिई जेठो छोराले आफूलाई समेत झुक्याई ऋण लिएको आमाको आरोप
- 2082/01/29 राजबिराज बसपार्कको एक हप्ता भित्रै उद्घाटन हुने
- 2082/01/29 शान्ति अहिंसालाई सबैले आत्मसात गरेर हिड्न सके मात्र समाज परिवर्तन गर्न सकिन्छ ः मन्त्री लेखी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ