News Category 2072/08/27
स्वास्थ्यर्मीहरुद्धारा बिरामीसहित प्रदर्शन, औषधी पसल समेत बन्द
राजविराज÷राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरु प्रहरीको बिरुद्धमा विगत २० दिनदेखी आन्दोलनरत छन् । जसकारण जिल्लाका सम्पूर्ण स्वास्थ्य संस्था बन्द रहेको छ भने बिरामीहरुको बिचल्लीमा परेका छन् ।
गत मंसिर ६ गते जिल्लाको गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल हाताभित्र प्रहरीले अस्पतालका चिकित्सक, कर्मचारीहरुलाई कुटपिट गरेको कारण उनीहरु आन्दोलित भएका हुन् ।
सोहीको बिरोधमा आन्दोलरनत जिल्लाका स्वास्यकर्मीहरु, कर्मचारीहरु शुक्रबार राजविराजमा नाटकीय रुपमा बिरामी बोकेर प्रहरी प्रशासनको विरुद्धमा बृहत दबाबमूलक ¥याली निकालेका छन् ।
संयुक्त संघर्ष समिति सप्तरीको अगुवाईमा सरकार तथा सम्बन्धित निकायलाई दबाव दिनका लागि अस्पतालमा चिकित्सक, स्वास्थयकर्मी तथा कर्मचारीहरु मथि भएको कुटपिट तथा अमानविय व्यवहार बन्द गर, प्रहरी प्रशासन मुर्दावाद, स्वास्थ्यकर्मीहरुको जायज माग अविलम्व पुरा गर भन्ने नाराका साथ अस्पतालको प्राङ्गणबाट हजारौ स्वास्थ्यकर्मीहरुको सहभागितामा निकालिएको दबाब ¥याली नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।
नगर परिक्रमा पश्चात् बिरामी सहितको दबाबमूलक ¥याली जिल्ला प्रशासन कार्यालय पुगेको थियो । त्यहा पुगेपछि प्रमुख जिल्ला अधिकारी नारायण भट्टले सक्दो छिट्ै समस्याको समाधान गर्नतर्फ आफू लागिपरेको बताउनुभयो ।
सप्तरीका सुरक्षा प्रमुखहरु एसपी, डिएसपी तथा सशस्त्र प्रहरीका एसपीलाई तत्काल निलम्बन गर्नुपर्ने, सुरक्षाको पुर्ण ग्यारेन्टी हुनुपर्ने र घाईतेहरुको उपचार तथा उचित क्षतिपुर्तिको माग गर्दै आइरहेका छन् ।
यता स्वास्थ्यकर्मीहरुको आन्दोलनलाई समर्थन गर्दै राजविराज नगरक्षेत्र भित्रका सम्पूर्ण औषधी पसलहरु शुक्रबार बिहान ६ बजेदेखी १० बजेसम्मका लागि बन्द गरिएको छ ।
नेपाल औषधि ब्यवसायी संघ सगरमाथा अंचल कमिटि औषधी व्यवसायी संघर्ष समितिको नेतृत्वमा मंसिर २५ गतेदेखी पुस २ गतेसम्म सो समय अवधीमा औषधी पसलहरु बन्द गर्ने निणर्य गरिएको हो ।
यसैबीच संघर्ष समितिका संयोजक प्रमोद कुमार यादवद्वारा शुक्रबार जारि विज्ञप्तिमा औषधी सम्बन्धी संवेदनशिलताका कारण सगरमाथा अंचल अस्पताल हाताभित्रको इमरजेन्सी औषधी पसल सधैं र अस्पताल बाहिरका २६ गते निरज फार्मेसी, २७ गते अभिषेक फार्मेसी, २८ गते माझी मेडिकल, २९ गते कोशी फार्मेसी, पुस १ गते गंगा लीला मेडिकल र २ गते जनआशीर्वाद मेडिकल खुल्ला रहने जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ