News Category 2072/08/28
बर्साइनमा बिओपीको भवन उद्घाटन
दैनिक संवाददाता
राजविराज, २७ मंसिर ।
सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट बर्साइनको नवनिर्मित भवनको आइतवार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ ।
पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय बराहबाहिनीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक निराकारम विक्रम शाहले सो पोष्टको उद्घाटन गर्नुभएको हो ।
उद्घाटन गर्दै महानिरीक्षक शाहले देशको विषम परिस्थितिमा थप जिम्मेवार काम गर्न मातहतका प्रहरीहरुलाई निर्देशन दिदै नेपालको सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम गर्नुका साथै अबैध चोरी निकासी, पैठारी रोकथाम तथा सीमा अतिक्रमणसमेतलाई जिम्मेवार भएर काम गर्न सुझाव दिनुभयो ।
बिओपीको नाममा ४ कट्ठा, कोशी तटबन्धको ३ कट्ठा, स्थानीय व्यक्तिको एक कट्ठा समेत गरी ८ कट्ठामा ९५ लाख ९६ हजार ५ सय ४१ रुपैयाँको लागतमा कार्यालय भवन, व्यारेक, मेशसहितका भवन निर्माण गरिएको हो ।
नव निर्मित भवन उद्घाटन समारोहमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक दमन थापाले को. बर्साइन गाविस वडा नम्वर ४ स्थित कोशी तटबन्ध स्परमा स्थानीयवासिन्दाको आग्रहमा सुरक्षा सुदृढिकरण योजना २०६५ अन्तर्गत २०६६ माघ १५ गतेको मन्त्री परिषद्को निर्णय अनुसार स्थायी रुपमा सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट वर्साइनमा सञ्चालन हुँदैआएको जानकारी दिनुभयो ।
सो अवसरमा जग्गादाता को. वर्साइन गाविस १ का रामनारायण पण्डित, प्राविधिक सशस्त्र प्रहरी निरीक्षक सूर्यनारायण मण्डल, निर्माण कम्पनी ब्राइटवुल÷ आशिर्वाद÷स्वामी नारायण निर्माण सेवा जेभी त्रियुगाका प्रोप्राइटर केशर बुढाथोकी लगायतलाई सम्मान गरियो ।
भवन उद्घाटन समारोहमा सशस्त्र प्रहरी बल मुख्यालय वराहवाहिनीका सहायक वाहिणीपति वंशीराज दाहाल, कृष्ण दल गणका गणपति भुवनेश्वर आचार्य, अनुसन्धान अधिकृत पुष्प मिश्र, राजनीतिकर्मी धर्मनारायण राय, विश्व हिन्दू परिषद्का सदस्य शंकर कावरा, जिल्ला विकास समितिका पूर्व सदस्य सकिल अलिलगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ