News Category 2070/05/02
कर कार्यालय राजविराजमा सञ्चालन गर्न माग
राजविराज÷नेपाल घरेलु तथा साना उद्योग महासंघ सप्तरीले सप्तरी सदरमुकाम राजविराजबाट लहान सारिएको कर कार्यालय राजविराजमा स्थापना गर्नुपर्ने लगायतका मागहरु अघि सारेको छ ।
महासंघ सप्तरीले शनिवार राजविराजमा पत्रकार सम्मेलन गरी कर कार्यालय सञ्चालनका लागि राजविराजमा भवन तथा जग्गा लगायतका भौतिक पूर्वाधारहरु हुँदा हुँदै पनि सो कार्यालय राजविराजमा सञ्चालन नहुदाँ यहाँका व्यापारीहरुले कर बुझाउन लहान धाउनुपर्ने बाध्यता रहेको जनाएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ सप्तरीका अध्यक्ष अरुणकुमार प्रधानले सगरमाथा अञ्चलकै सबैभन्दा बढी करदाता सप्तरीमै रहेकाले यहाँका जनताको असुबिधालाई मध्यनजर गरी तत्काल राजविराजमा कर कार्यालयको स्थापना गर्नुपर्ने बताउनुभयो ।
आर्थिक बर्ष २०६८÷०६९ वा सो भन्दा अघि सम्म आयव्यय पेश नगर्ने २० लाख रुपैयाँ सम्म कारोवार भएका फर्महरुले आर्थिक बर्ष २०६७÷०६८ देखि २०६८÷०६९ को विवरण र सोमा लाग्ने आयकर असोज मसान्तसम्म बुझाए सोमा लाग्ने कर शुल्क र ब्याज मिन्हा हुने भनिएकाले रु. २० लाख भन्दा बढीको कारोबार गर्न फर्म तथा व्यक्तिहरुलाई पनि सो सुबिधा उपलब्ध गराउन महासंघले माग गरेको छ ।
सबै व्यापार व्यवसायीहरुलाई एकै किसिमको सुबिधाहरु दिनुपर्नेमा जोड दिनुहुँदै अध्यक्ष प्रधानले नियमित रुपमा मुल्य अभिबृद्धि कर विवरण बुझाईरहेका तर मुल्य अभिबृद्धि कर रकम बाँकी रहेका व्यापारीहरुलाई समेत जरिवाना, थप दस्तुर र ब्याज मिन्हा गर्नुपर्ने माग गर्नुभयो ।
२०५४ साल देखि २० लाख सम्ममा कायम रहेको थ्रेसहोल्डलाई समयसापेक्ष बढाउनुपर्नेमा जोड दिनुहुँदै उहाँले महगी लगायतका कुराहरुलाई ध्यानमा राखी थ्रेसहोल्ड रु. १ करोडसम्ममा हुनुपर्नेमा जोड दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ