News Category 2070/05/02
कर कार्यालय राजविराजमा सञ्चालन गर्न माग
राजविराज÷नेपाल घरेलु तथा साना उद्योग महासंघ सप्तरीले सप्तरी सदरमुकाम राजविराजबाट लहान सारिएको कर कार्यालय राजविराजमा स्थापना गर्नुपर्ने लगायतका मागहरु अघि सारेको छ ।
महासंघ सप्तरीले शनिवार राजविराजमा पत्रकार सम्मेलन गरी कर कार्यालय सञ्चालनका लागि राजविराजमा भवन तथा जग्गा लगायतका भौतिक पूर्वाधारहरु हुँदा हुँदै पनि सो कार्यालय राजविराजमा सञ्चालन नहुदाँ यहाँका व्यापारीहरुले कर बुझाउन लहान धाउनुपर्ने बाध्यता रहेको जनाएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ सप्तरीका अध्यक्ष अरुणकुमार प्रधानले सगरमाथा अञ्चलकै सबैभन्दा बढी करदाता सप्तरीमै रहेकाले यहाँका जनताको असुबिधालाई मध्यनजर गरी तत्काल राजविराजमा कर कार्यालयको स्थापना गर्नुपर्ने बताउनुभयो ।
आर्थिक बर्ष २०६८÷०६९ वा सो भन्दा अघि सम्म आयव्यय पेश नगर्ने २० लाख रुपैयाँ सम्म कारोवार भएका फर्महरुले आर्थिक बर्ष २०६७÷०६८ देखि २०६८÷०६९ को विवरण र सोमा लाग्ने आयकर असोज मसान्तसम्म बुझाए सोमा लाग्ने कर शुल्क र ब्याज मिन्हा हुने भनिएकाले रु. २० लाख भन्दा बढीको कारोबार गर्न फर्म तथा व्यक्तिहरुलाई पनि सो सुबिधा उपलब्ध गराउन महासंघले माग गरेको छ ।
सबै व्यापार व्यवसायीहरुलाई एकै किसिमको सुबिधाहरु दिनुपर्नेमा जोड दिनुहुँदै अध्यक्ष प्रधानले नियमित रुपमा मुल्य अभिबृद्धि कर विवरण बुझाईरहेका तर मुल्य अभिबृद्धि कर रकम बाँकी रहेका व्यापारीहरुलाई समेत जरिवाना, थप दस्तुर र ब्याज मिन्हा गर्नुपर्ने माग गर्नुभयो ।
२०५४ साल देखि २० लाख सम्ममा कायम रहेको थ्रेसहोल्डलाई समयसापेक्ष बढाउनुपर्नेमा जोड दिनुहुँदै उहाँले महगी लगायतका कुराहरुलाई ध्यानमा राखी थ्रेसहोल्ड रु. १ करोडसम्ममा हुनुपर्नेमा जोड दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ