News Category 2072/08/28
स्वास्थ्यकर्मीहरुको मागलाई सम्बोधन गर्न मोर्चाको माग
दैनिक संवाददाता
राजविराज, २७ मंसिर ।
मधेशी मोर्चा सप्तरीले अस्पतालको आन्दोलनप्रति दुःख ब्यक्त गर्दै अविलम्व स्वास्थ्यकर्मीहरुको मागलाई सम्बोधन गरी दोषीलाई कडा भन्दा कडा कारवाीहको लागि जोडदार रुपमा माग गरेको छ ।
मोर्चाका सुचना तथा संचार समितिका संयोजक अमरनाथ मण्डलद्वारा आईतबार जारी विज्ञप्तीमा चिकित्सक तथा स्वास्थ्यकर्मी माथि भएको दुव्र्यवहार तथा कुटपिटको विरोधमा आन्दोलित स्वास्थ्यकर्मीहरुलाई समर्थन र एक्यवद्धता जनाउन सम्पुर्ण नागरिक समाज, बुद्धिजिवी, व्यापारी, युवा, विद्यार्थी तथा सम्पुर्ण सर्वसाधारणहरुसँग मोर्चाले अपिल समेत गरेको छ ।
विज्ञप्तीमा गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल राजविराज परिसरमा सुरक्षाकर्मी प्रवेश गरी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि गरिएको निर्घात कुटपिट तथा दुव्र्यवहरको विरोधमा सप्तरी सहित देशभरीकै चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आन्दोलनरत रहेको तथा जिल्लाका सम्पुर्ण स्वास्थ्य संस्थाहरु विगत २१ दिनदेखि बन्द हुँदा जिल्लाबासीहरुलाई समस्या परिरहेकोले अस्पतालको समस्या अविलम्व सम्बोधन गर्नुपर्ने जोडदार रुपमा माग गरिएको छ ।
साथै मधेशमा विगत चार महिनादेखि जारी अधिकार प्राप्तिको निर्णायक आन्दोलन उचाईमा पुगिरहेको अवस्थामा अबको निर्णायक आन्दोलनलाई अझ सशक्त बनाउँन मोर्चा सबै पक्षसँग आग्रह गर्दै जारी आन्दोलन अधिकार प्राप्त नभएसम्म जारी रहने जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ