News Category 2072/08/29
स्वास्थ्यकर्मीहरुद्वारा बिरोध जुलुस प्रदर्शन माग अविलम्व सम्बोधन नगरिए कडा आन्दोलन गर्ने चेतावनी
दैनिक संवाददाता
राजविराज, २८ मंसिर ।
विगत तीन सातादेखि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालसहित जिल्लाका सम्पूर्ण स्वास्थ्य संस्थाहरु ठप्प रहँदा समेत सम्बन्धित निकायले उनीहरुको मागप्रति कुनै पहल नगरेको भन्दै सोमबार राजविराजमा बृहत प्रदर्शन गरिएको छ ।
संयुक्त संघर्ष समिति सप्तरीको अगुवाईमा दबाव दिनका लागि अस्पताल परिसरबाट निकालिएको बृहत जुुलुश नगरको विभिन्न भाग परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडि केहीबेर नाराबाजी समेत गरिएको थियो ।
संयुक्त संघर्ष समिति सप्तरीको अगुवाईमा सरकार तथा सम्बन्धित निकायलाई दबाव दिनका लागि अस्पतालमा चिकित्सक, स्वास्थयकर्मी तथा कर्मचारीहरु मथि भएको कुटपिट तथा अमानविय व्यवहार बन्द गर, प्रहरी प्रशासन मुर्दावाद, स्वास्थ्यकर्मीहरुको जायज माग अविलम्व पुरा गर भन्ने नाराका साथ अस्पतालको प्राङ्गणबाट हजारौ स्वास्थ्यकर्मीहरुको सहभागितामा निकालिएको दबाब ¥याली नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।
गत मंसिर ६ गते राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचलका चिकित्सक तथा कर्मचारीहरुलाई प्रहरीले अस्पताल हातिभित्र कुटपीट गरेको विरोधमा जिल्लाका सम्पूण स्वास्थ्यकर्मीहरु आन्दोलन गर्दै आएका छन् । संयुक्त संघर्ष समिति सप्तरीले नेपाल प्रहरी र सशस्त्र प्रहरीका एसपीको निलम्बन, शान्ति सुरक्षाको ग्यारेन्टी र घाइतेहरुको उपचार तथा क्षतिपूर्तीको व्यवस्था हुनुपर्ने माग राखी विगत तीन सात्तादेखि आन्दोलित भएका छन् ।
सप्तरीका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सरकारी स्वास्थ्य संस्थाबाट प्रहरी प्रशासनबाट आउने घाउ जाँच केश फारम र मादक पदार्थ सेवन प्रमाणित गर्ने कार्य समेत वहिष्कार गरेका छन् ।
यता अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट महेश प्रसाद खनालले जिल्लाका सम्पूर्ण स्वास्थ्य संस्थाहरु पूर्ण रुपमा ठप्प रहँदा पनि राज्य गम्भीर नभएको भन्दै थप सशक्त आन्दोलन गर्नु बाध्य हुने चेतावनी समेत दिनुभयो ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु प्रहरीको बिरुद्धमा विगत २२ दिनदेखी आन्दोलनरत छन् । जसकारण जिल्लाका सम्पूर्ण स्वास्थ्य संस्था बन्द रहेको छ भने बिरामीहरुको बिचल्लीमा परेका छन् ।
यता संघर्ष समितिले औषधी सम्बन्धी संवेदनशिलताका कारण सगरमाथा अंचल अस्पताल हाताभित्रको इमरजेन्सी औषधी पसल सधैं र अस्पताल बाहिरका २६ गते निरज फार्मेसी, २७ गते अभिषेक फार्मेसी, २८ गते माझी मेडिकल, २९ गते कोशी फार्मेसी, पुस १ गते गंगा लीला मेडिकल र २ गते जनआशीर्वाद मेडिकल खुल्ला रहने निर्णय समेत गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ