News Category 2072/09/01
केही दिनमै सप्तरीमा पेट्रोलियम पदार्थको अभाव सहज हुन्छ ः प्रजिअ भट्ट
दैनिक संवाददाता
राजविराज, २९ मंसिर ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले अबको केही दिनमै सप्तरीमा पेट्रोलियम पदार्थको अभाव सहज हुने बताउनु भएको छ ।
विगत चार महिनादेखि मधेशमा जारी आन्दोलनका कारण सप्तरीमा दैनिक उपभोग्य सामग्रीसहित पेट्रोलिय पदार्थको अभाव श्रृजना भएको छ ।
दैनिकसँग कुराकानी गर्दै प्रजिअ भट्टले जिल्लामा पेट्रोलिमय पदार्थको अभाव भएको स्विकार्दै अब बिस्तारै बिस्तार सप्तरीमा पनि पेट्रोलियम पदार्थको सहज आपूर्ती हुने विशवास व्यक्त गर्नुभयो ।
उहाँले विगत एक साता यता सहज रुपमै इन्धन बोकेका सवारी साधनहरु सप्तरी हुँदै काठमाण्डौ तिर गईरहेको बताउँदै हिजोआज दिनहुँ इन्धन बोकेका सयौ सवारी साधनहरु काठमाण्डौ गरिरहेको अवस्थामा सप्तरीमा पनि समानुपातिक तरीकाबाट पेट्रोलिमय पदार्थ पाउँनुपर्ने बारे बिराटनगरस्थित आयल निगमको क्षेत्रिय कार्यालयसँग छलफल भइरहेको जानकारी दिनुभयो ।
प्रजिअ भट्टले आइतबार डिजल २७ हजार लिटर, पेट्रोल १५ हजार लिटर, मट्टितेल एक ट्याङ्गकर भित्रिएको जानकारी दिनुभयो । सोमबार राती १५÷१८ हजार लिटर डिजल आएको बताउनुभयो ।
यसअघि त्यति मात्रामा पेट्रोल नभित्रिएको जानकारी दिनुहुँदै उहाँले ग्यासको बारेमा पनि क्षेत्रिय कार्यालयसँग मोरङ्ग, सुनसरी र काठमाण्डौ जस्तै पनि सप्तरीमा पनि समानुपातिक रुपमा पाउनुपर्ने छलफल भइरहेको बताउनुभयो ।
उहाँले भारतको जोगवनी नाकाहुँदै विराटनगरस्थित डिपोमा सो पेट्रोलियम पदार्थ भण्डारण हुने गरेको जानकारी दिनुभयो । सो स्थानबाट सप्तरीस्थित राजमार्ग हुँदै काठमाण्डौसम्म गईरहेको अवस्थामा अब सप्तरीबासीहरुले पनि समानुपातिक रुपमा सजिलै पेट्रोलिमय पदार्थ पाउनुहुने बताउनुभयो ।
दिन प्रतिदिन पेट्रोलिमय पदार्थ अर्थात इन्धन बोकेका सवारी साधनहरु नेपाल भित्राउने क्रम बढ्दै गइरहेको उल्लेख गर्दै उहाँले दुई तिनदिन गरि ८३ वटा इन्धन बोकेका सवारी साधनहरु सप्तरीहुँदै काठमाण्डौ प्रस्थान भएको जानकारी दिनुभयो ।
उहाँले अबको आउदो दिनहरुमा पेट्रोलियम पदार्थ लगायत अन्य खाद्यान्न पदार्थहरुको आपूर्ती अझ सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ