News Category 2072/09/01
मधेशी मोर्चा सप्तरीको संयोजकमा कपिलदेव यादव
दैनिक संवाददाता
राजविराज, २९ मंसिर ।
स्थानीय स्तरमा तयार पारिएको अवधारणा र पालैपालो नेतृत्व गर्ने सहमति अनुसार मधेशी मोर्चा सप्तरीको संयोजकमा मोर्चाका सचिवालय सदस्य एवं तराई मधेश सदभावना पार्टीका जिल्ला अध्यक्ष कपिलदेव यादवलाई सर्वसम्मत चयन गरिएको छ ।
मोर्चाका सुचना तथा संचार समितिका संयोजक अमरनाथ मण्डलद्वारा जारी विज्ञप्तीमा मोर्चाको मंगलबार सम्पन्न एक बैठकले मोर्चाको संयोजकको जिम्मेवारी यादवलाई दिईएको जनाइएको छ ।
यसअघि मोर्चाको संयोजकको जिम्मेवारी सदभावना पार्टीका अध्यक्ष सुनिल कुमार झा, तमलोपा अध्यक्ष रामपृत यादव, संघिय समाजवादी फोरम नेपालका अध्यक्ष दिनेश कुमार यादवले सफलता पूर्वक बहन गरिसकेकोले उहाँहरुप्रति हार्दिक धन्यवाद समेत ब्यक्त गरिएको छ ।
यस्तै सम्पन्न बैठकले सप्तरीका स्वास्थ्यकर्मीहरु माथि प्रहरीले गरेको कुटपिट तथा दुव्र्यवहार घटनाको घोर भत्सर्ना गर्दै स्वास्थ्यकर्मीहरुले अघि सारिएको माग अविलम्व पुरा गर्न राज्य तथा सम्बन्धित निकायसँग जोडदार रुपमा माग गरिएको छ ।
विगत २३ दिनदेखि स्वास्थ्यकर्मीहरुको आन्दोलनका कारण जिल्लाभरीका स्वास्थ्य सेवा ठप्प भई बिरामीहरु बिचल्ली भएपनि राज्य तथा सम्बन्धित निकाय गम्भिर नभएको तथा मानविय संवेदना समेत देखाउन नसकेको ठहर गर्दै स्वास्थ्यकर्मीहरुको माग पुरा गराउन र बिरामीहरुलाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने वातावरण तयार गर्न राज्यलाई दबाव दिने उदेश्यले पौष ३ गते शुक्रबार बिहान १० बजेदेखि १ बजेसम्म जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने निर्णय समेत गरिएको छ ।
हस्ताक्षरित विज्ञप्तीमा अधिकार प्राप्तिको जारी आन्दोलनलाई अझ सशक्त बनाउँदै लैजाने तथा चरणवद्ध आन्दोलनका कार्यक्रम अन्तर्गत पौष ६ गते जनआन्दोलन चौकमा ब्यागात्मक कार्यक्रम र पौष ७ गते शनिबार गजेन्द्र चौकमा बृहत बिशाल सभाको आयोजना गर्ने निर्णय गरिएको बताउँदै सो कार्यक्रमहरलाई सफलता पुर्वक सम्पन्न गर्नका लागि सम्पुर्ण जिल्लाबासीहरुलाई सहयोग गर्नको अनुरोध समेत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ