News Category 2072/09/01
मधेशी मोर्चा सप्तरीको संयोजकमा कपिलदेव यादव
दैनिक संवाददाता
राजविराज, २९ मंसिर ।
स्थानीय स्तरमा तयार पारिएको अवधारणा र पालैपालो नेतृत्व गर्ने सहमति अनुसार मधेशी मोर्चा सप्तरीको संयोजकमा मोर्चाका सचिवालय सदस्य एवं तराई मधेश सदभावना पार्टीका जिल्ला अध्यक्ष कपिलदेव यादवलाई सर्वसम्मत चयन गरिएको छ ।
मोर्चाका सुचना तथा संचार समितिका संयोजक अमरनाथ मण्डलद्वारा जारी विज्ञप्तीमा मोर्चाको मंगलबार सम्पन्न एक बैठकले मोर्चाको संयोजकको जिम्मेवारी यादवलाई दिईएको जनाइएको छ ।
यसअघि मोर्चाको संयोजकको जिम्मेवारी सदभावना पार्टीका अध्यक्ष सुनिल कुमार झा, तमलोपा अध्यक्ष रामपृत यादव, संघिय समाजवादी फोरम नेपालका अध्यक्ष दिनेश कुमार यादवले सफलता पूर्वक बहन गरिसकेकोले उहाँहरुप्रति हार्दिक धन्यवाद समेत ब्यक्त गरिएको छ ।
यस्तै सम्पन्न बैठकले सप्तरीका स्वास्थ्यकर्मीहरु माथि प्रहरीले गरेको कुटपिट तथा दुव्र्यवहार घटनाको घोर भत्सर्ना गर्दै स्वास्थ्यकर्मीहरुले अघि सारिएको माग अविलम्व पुरा गर्न राज्य तथा सम्बन्धित निकायसँग जोडदार रुपमा माग गरिएको छ ।
विगत २३ दिनदेखि स्वास्थ्यकर्मीहरुको आन्दोलनका कारण जिल्लाभरीका स्वास्थ्य सेवा ठप्प भई बिरामीहरु बिचल्ली भएपनि राज्य तथा सम्बन्धित निकाय गम्भिर नभएको तथा मानविय संवेदना समेत देखाउन नसकेको ठहर गर्दै स्वास्थ्यकर्मीहरुको माग पुरा गराउन र बिरामीहरुलाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने वातावरण तयार गर्न राज्यलाई दबाव दिने उदेश्यले पौष ३ गते शुक्रबार बिहान १० बजेदेखि १ बजेसम्म जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने निर्णय समेत गरिएको छ ।
हस्ताक्षरित विज्ञप्तीमा अधिकार प्राप्तिको जारी आन्दोलनलाई अझ सशक्त बनाउँदै लैजाने तथा चरणवद्ध आन्दोलनका कार्यक्रम अन्तर्गत पौष ६ गते जनआन्दोलन चौकमा ब्यागात्मक कार्यक्रम र पौष ७ गते शनिबार गजेन्द्र चौकमा बृहत बिशाल सभाको आयोजना गर्ने निर्णय गरिएको बताउँदै सो कार्यक्रमहरलाई सफलता पुर्वक सम्पन्न गर्नका लागि सम्पुर्ण जिल्लाबासीहरुलाई सहयोग गर्नको अनुरोध समेत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ