News Category 2070/05/03
निर्वाचन नभएसम्म मधेसी जनताको अधिकार सुनिश्चित हुन सक्दैन ः प्रचण्ड
दैनिक संवाददाता
जनकपुर, २ भदौ ।
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन नभएसम्म मधेसी जनताको अधिकार सुनिश्चित हुन नसक्ने बताउनुभएको ।
पूर्वी धनुषाको क्षेत्र नं ६ अन्तर्गत बरमझिया गाउँमा आइतबार आयोजित सहिद रामवृक्ष यादव, रामकुमारी यादव र शेखर यादवको स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न निर्वाचन आवश्यक रहेको बताउनुभएको छ ।
“सङ्घीयता मधेसी जनताको सबैभन्दा ठूलो आवश्यकता भएकाले यसलाई प्राप्त गर्न संविधानसभाको दोस्रो निर्वाचन सफलतापूर्वक सम्पन्न गरी संविधान निर्माण गर्न जरुरी छ,” अध्यक्ष प्रचण्डले भन्नुभयो – “पहिचानसहितको सङ्घीयताका पक्षमा जनमत सङ्कलन गर्नु नै निर्वाचनमा जानु हो ।”
उहाँले तोकिएको मितिमै चुनाव हुने र नयाँ संविधानका लागि दलहरुबीच पाँच महिनाभित्र सहमति गरिने बताउँदै उहाँले सहमति भएन भने संविधानसभाबाटै मतदान गरी संविधान निर्माण गरिने छ भन्नुभयो ।
छिमेकी मुलुकहरुको भ्रमणको प्रसङ्ग कोट्याउँदै अध्यक्ष प्रचण्डले भन्नुभयो – नेपालको छिटो आर्थिक विकासका लागि चीन सरकारको सहयोग आवश्यक छ । भारत सरकारसँग मेचीदेखि महाकालीसम्म रेलमार्ग र हुलाकी राजमार्गको विकास गरिदिन अनुरोध गरेका छौं ।
मिथिला मधेस राज्य समितिका संयोजक विश्वनाथ साहको सभापतित्वमा भएको सो स्मृति सभामा एमाओवादी नेताहरु गिरीराजमणि पोखरेल, रामचन्द्र झा, रामकुमार यादव, रामकुमार शर्मालगायतका वक्ताहरुले तीनैजना सहिदको योगदानबारे चर्चा गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ