News Category 2072/09/03
स्थानिय प्रशासन र संघर्ष समितिबीच तीन बुँदे सहमति पश्चात् अस्पतालको आन्दोलन स्थगित
दैनिक संवाददाता
राजविराज, २ पुस ।
स्थानिय प्रशासन र संघर्ष समितिबीच तीन बुँदे सहमति भएपछि बिहीबार साँझदेखी विगत २५ दिनदेखी बन्द रहेको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालसहित सप्तरीका सम्पूर्ण स्वास्थ्य संस्थाहरु खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक नारायण चिमोरियाको सरुवा भएपछि बिहीबार प्रमुख स्थानिय प्रशासनका तर्फबाट प्रमुख जिल्ला अधिकार नारायण प्रसाद भट्ट र आन्दोलनरत पक्षका तर्फबाट संघर्ष समितिबीच वार्ता भएपछि सो आन्दोलन स्थगित भएको हो ।
पाँच पटकको वार्तापछि क्षेत्रिय प्रशासकको नेतृत्वमा उच्च स्तरिय छानबिन समिति गठन गर्नका लागि अनुरोध गर्ने र घटनामा दोषि देखिनेहरुमाथी कानुन बमोजिम आवश्यक कारवाही गर्ने, घटनामा घाइते भएकाहरुका लागि क्षतिपूर्ति तथा भौतिक क्षति समेत एकिन गरि गृह मन्त्रालयमा क्षतिपूर्ती उपलब्ध गराउन सिफारिस गर्ने र जिल्ला अन्तरगत सम्पूर्ण स्वास्थ्य संस्थाहरु तथा पेशाकर्मीहरुको सुरक्षाको पूर्ण रुपमा सुरक्षाको प्रत्याभूति गराउने सहमति भएको हो ।
अस्पतालका चिकित्सक डा. टेक नारायण मण्डलले सात दिन भित्र अस्पतालको घटना बारे प्रतिवेदन सार्वजनिक गर्ने निर्णय भएपश्चात् आन्दोलन स्थगित भएको जानकारी दिनुभयो ।
गत मंसिर ६ गते राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचलका चिकित्सक तथा कर्मचारीहरुलाई प्रहरीले अस्पताल हातिभित्र कुटपीट गरेको विरोधमा जिल्लाका सम्पूण स्वास्थ्यकर्मीहरु तथा कर्मचारीहरु आन्दोलन गर्दै आएका थिए । संयुक्त संघर्ष समिति सप्तरीले नेपाल प्रहरी र सशस्त्र प्रहरीका एसपीको निलम्बन, शान्ति सुरक्षाको ग्यारेन्टी र घाइतेहरुको उपचार तथा क्षतिपूर्तीको व्यवस्था हुनुपर्ने माग राखी विगत २५ दिनदेखि आन्दोलनरत थिए ।
तर, अस्पतालको इमरजेन्सी सेवा तथा प्रसुती सेवा टेन्टमूनी संचालन भइरहेको छ । घटनाको बिरोधमा औषधी व्यवसायी संघ समेतले दैनिक चार घण्टा औषधी पसल बन्द गरेर एक्यबद्धता जनाउदै आएको थियो ।
सो अवसरमा जिल्लाका बुद्धिजिवी, समाजसेवी, अधिकारकर्मी, संचारकर्मी, स्वास्थ्यकर्मी, पेशाकर्मी, चिकित्सक लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ