News Category 2072/09/06
प्रहरीको गोली लागि गौरमा एक प्रदर्शनकारीको मृत्यु
दैनिक संवाददाता
रौतहट, ५ पुस ।
शनिबारदेखी तनाव रहेको रौतहट सदरमुकाम गौरमा आइतबार बेलुका प्रहरीले गोली चलाउँदा एक जना आन्दोलनकारीको मृत्यु भएको छ ।
आन्दोलनकारी र प्रहरीबीच गौरको बीपी चौकमा झडपहुँदा प्रहरीको गोली लागेर स्थानीय गाउँ विकास समिति तेजापाकड़ वार्ड नम्बर ८ निवासी फिरोज आलमको १८ वर्षीय छोरा तबरेज आलमको मृत्यु भएको हो ।
दाहिना कोखमा गोलि लाग्दा गम्भीर अवस्थामा उपचारका लागि जिल्ला अस्पतालमा ल्याउँदा आलमको मृत्यु भएको हो । झडपमा परि स्थानीय मुडवालवा ९ निवासी सुरेन्द्र मली र सर्लाही जिल्लाको खैरवा ६ निवासी छोटेलाल यादव सहित एक दर्जनभन्दा बढी घाइते भएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता योगेन्द्र राय यादवले बताउनुभयो ।
मृतक आलम जुद्ध उच्च माध्यमिक विद्यालय गौरको कक्षा १० मा अध्ययनरत रहेका थिए । प्रत्यक्षदर्शीका अनुसार गोली लागेर ढलेको आलमलाई सुरक्षाकर्मीहरुले बुटले हानेको थियो । घाइतेहरुको टाउकोमा चोट लागेको र अवस्था सामान्य रहेको जिल्ला अस्पताल गौरले जनाएको छ । विहानदेखि प्रदर्शनमा उत्रेका मोर्चा कार्यकर्ता र प्रहरी विच गौरको विभिन्न ठाउमा दिनभरी झडप भइरहेको कारणले अवस्थामा तनाव ग्रस्त रहेको थियो ।
यसैबीच झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । ४ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू लगाइएको स्थानीय प्रशासनले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ