News Category 2072/09/06
पक्राउ परेकाहरुलाई रिहा नगरे प्रहरी बिरुद्ध आन्दोलन गर्ने मोर्चाको चेतावनी पक्राउ परेकाहरु लुटपाटमा संलग्न ः प्रहरी
दैनिक संवाददाता
राजविराज, ५ पुस ।
मधेशी मोर्चा सप्तरीले प्रहरीले झुठा मुद्दा लगाएर आफ्ना कार्यकर्ताहरुलाई पक्राउ गरेकोप्रति भत्र्सना गर्दै दुई दिनभित्र उनीहरुलाई रिहा नगरे प्रहरी बिरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।
मोर्चाले आइतबार दिउँसो राजविराज पत्रकार सम्मेलनको आयोजना गरि सप्तरीको भारदह १ काकृष्णा पाइक, भारदह ९ का संजिव कुमार मण्डल र पोर्ताहा ६ का मनराज मण्डललाई प्रहरीले लुटपाटको झुठा मुद्दा लगाएर पक्राउ गरेको जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा मोर्चाका संयोजक कपिलदेव यादवले पक्राउ परेका तीनै जना सो क्षेत्रमा आन्दोलनका क्रममा अग्रपंक्तिमा रहेकै कारण प्रहरी पक्राउ गरेको दाबी गर्नुभयो ।
सो सम्मेलनमा मोर्चाका नेता शम्भु झाले तीन जनासहित अन्य ९ जनामाथी पनि प्रहरीले विभिन्न मुद्दा लगाएको आरोप लगाउनुभयो । उहाँले पक्राउ परेको सम्पूर्ण कार्यकर्ता निर्दोष रहेको दाबी समेत गर्नुभयो ।
यसैबीच जिल्ला प्रहरी कार्यालय सप्तरीले ढाका मुद्दामा पीडितको जानकारी अनुसार अनुसन्धानका क्रममा पुस ३ गते सप्तरी पोर्ताहा ६ बस्ने बर्ष ३० को चन्दन भन्ने मनराज मण्डल, भारदह १ बस्ने बर्ष ३० को कुष्ण कुमार पापक र भारदह ९ बस्ने बर्ष २६ को संजय कुमार यादव समेतलाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकाहरुले मंसिर २९ गते सप्तरीको पोर्ताहा गाविस बडा नं. ८ स्थित पुर्व पश्चिम लोकमार्गमा तत्काल नाम नखुलेका १०÷१२ जना मानिसहरुको समुहले राजमार्गमा दुवै तर्फ बाँस ते¥साइ राजमार्ग अवरोध गरेका थिए ।
जिल्ला सप्तरी बोदेवसाइन गाविस बडा नं. ८ घर भई हाल प्रहरी चौकी मोतिपुर मोरङ्मा कार्यरत प्रहरी जवान मोहम्मद अनिस सवार को १५ प ३१२० नं.को मोटरसाइकल रोकी राजमार्गमा अवरोध खडा गरी अज्ञात समुहले घरेलु हतियार चक्कु, खुकुरी, भाटा देखाई कुटपिट गरी घाइते बनाएको तथा अनिसका साथले कर्मचारी संचयकोषबाट निकालेको २ लाख ६४ हजार ५ सय लुटेको जनाएको छ ।
यस्तै उनको साथमा रहेको नेपाली नागरीकता थान, रा.वि.वैंकको चेक, विदेशी र्टच, सावरी चालक अनुमति पत्र, नगद १३ हजार ५ सय सहितको मोवाइल समेत खोसेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ