News Category 2072/09/06
दश बुँदे मागसहित हरुवा चरुवा समुदायद्वारा प्रदर्शन
दैनिक संवाददाता
राजविराज, ५ पुस ।
हरुवा चरुवा समुदायको मुक्तिको घोषणा गरि कम्तिमा एक पटक सुरक्षित गाँस, वास र कपासको व्यवस्था मिलाउन माग गर्दै आइतबार राजविराजमा प्रदर्शन गरिएको छ ।
स्थानिय शिव मन्दिरको प्राङ्गणबाट निस्केको जुलुसले नगर परिक्रमा गर्दै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टलाई १० बुँदे मागसहित ज्ञापन बुझाएको हो ।
बुझाइएको ज्ञापनमा वार्षिक बजेट तथा योजनामा हरुवा चरुवाको बसोबास रहेको बस्तीमा खानेपानी, स्वास्थ्य, शिक्षा, शिपमूलक तालिम र रोजगारीको व्यवस्था हुनुपर्ने, हरुवा चरुवाका बालबालिकाहरुलाई मांसिक दबाब, शोषण, घरायसी कामकाज, होटल, कलकारखाना, इटाभट्ट, खेतीपाती जस्ता काममा प्रयोग गर्न नहुने र त्यसको पूर्ण रुपले रेखदेख र गुणस्तरिय शिक्षा र उचित पोषणको व्यवस्था मिलाउनु पर्ने माग गरिएको छ ।
यस्तै हरुवा चरुवा समुदायको सम्पूर्ण ऋण माफ, जिविका पार्जनका लागि विभिन्न सीपमूलक तालिम संचालन गरि लघु उद्यम विकासको लागि अनुदानको व्यवस्था, बधुवाश्रम निषेध ऐन मार्फत उनीहरुको मुद्दा सम्बोधन, उनीहरुको छोराछोरीलाई अध्ययनको लागि स्नातक तहसम्म छात्रबृतिसहित अनिवार्य शिक्षाको व्यवस्थाको साथ साथै लोक सेवा तयारी कक्षाको वयवस्था, सरकारले विभिन्न समयमा गरेको सम्झौता तत्काल कार्यानवयन तथा श्रमिक, मजदुर र किसानको ज्याला वापतको पारिश्रमिक समय सापेक्ष र एकै नासको हुनुपर्ने मागहरु अघि सारिएको छ ।
ज्ञापन पत्र बुझिसकेपछि प्रमुख जिल्ला अधिकारी भट्टले आफू मागहरुप्रति सकारात्मक रहेको भन्दै सम्बन्धित निकाय समक्ष बुझाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
हुर्क नेपाल र तपेश्वरी समाज कल्याण संघको आयोजनामा गरिएको प्रदर्शनमा जिल्लाका हरुवा चरुवाहरुको सहभागिता रहेको तपेश्वरी समाज कल्याण संघका अध्यक्ष प्रदीप जोशीले बताउनुभयो ।
आई.एल.ओ. का अनुसार सप्तरीमा १८ हजार ३ सय ६१ हरुवा चारुवा रहेको हुर्क नेपालका अध्यक्ष पार्थो सरकारले जानकारी दिँदै पूर्व र मध्य तराईमा करिब ५७ हजार ५ सय ७९ हरुवा चरुवा रहेको बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ