News Category 2072/09/07
रसिद काटेर पेट्रोलियम पदार्थ भित्राउन पाइने
दैनिक संवाददाता
राजबिराज, ६ पुस ।
विगत केही समय यता सप्तरीको छिन्नमस्ता नाका भएर पेट्रोलियम पदार्थ चोरी तस्करी नियन्त्रण अभियानलाई रोक्नका लागि निरन्तरता दिने मधेशी मोर्चा छिन्नमस्ताले निर्णय गरेको छ ।
छिन्नमस्ताको सखडामा सोमबार आयोजित बृहत छलफलमा सो नाका भएर पेट्रोल, डिजल र ग्याँस चोरी तस्करी नियन्त्रण अभियानलाई रोक्नका लागि विभिन्न निर्णयहरु गरिएको छ ।
जसमा शनिबार मात्र बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म नामावली दर्ता गरी दश रुपैयाँको रसिद लिई ग्याँस लिएर जान सकिने, मोटरसाईकलमा मात्र पेट्रोल ल्याउन पाउँने तथा २५ लिटर सम्मको मात्र डिजल ल्याउन पाउने जस्ता निर्णय गरिएको हो । त्यस्तै मोर्चाले राति चोरी तस्करी गरी पेट्रोलियम पदार्थ लगिन खोज्दा नियन्त्रणमा लिई नष्ट पार्ने निर्णय गरिएको मोर्चाका संयोजक कपिलदेव यादवले जानकारी दिनुभयो ।
लालापट्ी छिन्नमस्ता आन्दोलन परिचालन समितिका संयोजक संजय कुमार झाको अध्यक्षता तथा मधेशी मोर्चा सप्तरीका संयोजक कपिलदेव यादवको विशिष्ट आतिथ्य एवं नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्यद्वय राम नारायण यादव, रामवृक्ष महतो, तराई मधेश सदभावना पार्टीका जिल्ला उपाध्यक्ष गोपाल झा, समाजसेवी सुर्य नारायण मण्डल, संघिय समाजवादी फोरम नेपालका युवा नेता केदार प्रसाद यादव लगायतको उपस्थितिमा mभस्सो निर्णय गरिएको हो ।
सो बृहत छलफलमा त्यहाँका विभिन्न ५ गाविसका ब्यक्तिहरुको सहभागितामा लालापटी सखडा, गोविन्दपुर, महुवा, लोखरम सहित निर्णायक समिति समेत गठन गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ