News Category 2072/09/07
रसिद काटेर पेट्रोलियम पदार्थ भित्राउन पाइने
दैनिक संवाददाता
राजबिराज, ६ पुस ।
विगत केही समय यता सप्तरीको छिन्नमस्ता नाका भएर पेट्रोलियम पदार्थ चोरी तस्करी नियन्त्रण अभियानलाई रोक्नका लागि निरन्तरता दिने मधेशी मोर्चा छिन्नमस्ताले निर्णय गरेको छ ।
छिन्नमस्ताको सखडामा सोमबार आयोजित बृहत छलफलमा सो नाका भएर पेट्रोल, डिजल र ग्याँस चोरी तस्करी नियन्त्रण अभियानलाई रोक्नका लागि विभिन्न निर्णयहरु गरिएको छ ।
जसमा शनिबार मात्र बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म नामावली दर्ता गरी दश रुपैयाँको रसिद लिई ग्याँस लिएर जान सकिने, मोटरसाईकलमा मात्र पेट्रोल ल्याउन पाउँने तथा २५ लिटर सम्मको मात्र डिजल ल्याउन पाउने जस्ता निर्णय गरिएको हो । त्यस्तै मोर्चाले राति चोरी तस्करी गरी पेट्रोलियम पदार्थ लगिन खोज्दा नियन्त्रणमा लिई नष्ट पार्ने निर्णय गरिएको मोर्चाका संयोजक कपिलदेव यादवले जानकारी दिनुभयो ।
लालापट्ी छिन्नमस्ता आन्दोलन परिचालन समितिका संयोजक संजय कुमार झाको अध्यक्षता तथा मधेशी मोर्चा सप्तरीका संयोजक कपिलदेव यादवको विशिष्ट आतिथ्य एवं नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्यद्वय राम नारायण यादव, रामवृक्ष महतो, तराई मधेश सदभावना पार्टीका जिल्ला उपाध्यक्ष गोपाल झा, समाजसेवी सुर्य नारायण मण्डल, संघिय समाजवादी फोरम नेपालका युवा नेता केदार प्रसाद यादव लगायतको उपस्थितिमा mभस्सो निर्णय गरिएको हो ।
सो बृहत छलफलमा त्यहाँका विभिन्न ५ गाविसका ब्यक्तिहरुको सहभागितामा लालापटी सखडा, गोविन्दपुर, महुवा, लोखरम सहित निर्णायक समिति समेत गठन गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ