News Category 2072/09/07
युवा बिद्यार्थीहरुद्वारा बिभिन्न क्याम्पसमा अन्तरक्रियालाई निरन्तरता
दैनिक संवाददाता
राजबिराज, ६ पुस ।
संयुतm मधेशी युवा बिद्यार्थी मोर्चा सप्तरीद्वारा जनजागरण अभियान अन्तर्गत मधेश आन्दोलनलाई सशतm र प्रभावकारी बनाउन शैक्षिक संस्थाहरुमा अन्तरक्रियालाई निरन्तरता दिएको छ ।
जारी मधेश आन्दोलनलाई सशतm र प्रभावकारी बनाउनका लागी जनजागरण अभियान संचालन गर्ने निर्णय अनुसार बिभिन्न क्याम्पस तथा बिद्यालयहरुमा संगठन बिस्तार गरेको छ । संयुतm युवा बिद्यार्थी मोर्चाद्धारा सोमवार पनि निर्धारित कार्यक्रम अनुसार सोमबार राजबिराजका दुई वटा उच्च मा.बिमा अन्तक्रिया गर्दे आन्दोलन सशतm बनाउन संगठन तयार पारिएको हो ।
बल्र्डभिजन मोर्डन उच्च मा.बि. क्याम्पसमा मोर्चाका संयोजक शम्भु कुमार यादबको अध्यक्षतामा तथा संघिय समाजवादी फोरमका केन्द्रिय सदस्य असोक यादब, तथा मोर्चाका क्षेत्रिय अध्यक्ष लक्ष्यमणको उपस्थितीमा बृहत बैठकवाट नरेश कुमार यादबको अध्यक्षतामा ४१ सदस्यीय ईकाई कमिटी गठन गरिएको छ ।
गठित कमिटिको उपाध्यक्षमा, अर्जुन माली, सचिवमा, देवकृष्ण यादब, सहसचिव नम्रता शर्मा, कोषाध्यक्ष मनिषा शार्मालाई चयन गरेको छ । यसैगरी सदस्यहरुमा क्रमशः रोशन साह, दिपा झा, जय सदा, बैद्यनाथ पंडित, मुकेश राय, बेचन खंग, आरती यादब, नैना झा, नेहा साह, अनुजा मेहता, दिपा यादव पिंकी साह, ललिता साह, संजय पासवान, चन्दन झा बिवेक यादब, गायत्री यादब, रोशनी यादब, रबिन्द्र कुमार सुतिहार, सिवानी पटेल, सहित ४१ सदस्यीय ईकाई समिति गठन गरिएको छ ।
यसैगरी सोमबारै टोली नं २ पाराडाईज कलेज राजबिराजमा बिद्यार्थी मंचका केन्द्रिय अध्यक्ष किसोर कुमार यादबको अध्यक्षता तथा नेपाल सदभावना पार्टी गजेन्द्रवादीका केन्द्रिय अध्यक्ष बिकास कुमार तिवारीको प्रमुख आतिथ्यमा सो कलेजमा बिभिन्न संकायका कक्षाहरुमा ईकाई कमिटि गठन गरिएको छ । सो अन्तरक्रियामा युवा विद्यार्थी मोर्चाका सह संयोजक तारकेश्वर प्रसाद यादब, युवा नेता बिसाल यादब, महेश यादब, दिवाकर साह लगायतले बोलेका थिए ।
सो अन्तक्रियामा अध्यक्ष बिकास कुमार तिवारीले अवको आन्दोलन आर पारको लडाई भएकोले युवा बिद्यार्थीहरु ठुलो शक्ति भएकाले आन्दोलनमा सम्पुर्ण बिद्यार्थीहरुले सहयोग गर्न अपिल गरेको मोर्चाका प्रेस संयोजक चन्दन कुमार यादबले जानकारी दिनुभयो । उक्त क्याम्पसका विभिन्न कक्षामा ३५ सदस्य समिति समेत गठन गरिएको छ । कक्षा १२ को विज्ञान संकायमा निशा साहको अध्यक्षतामा २१ सदस्यीय, विज्ञान संकायको लोटल समुहका निरज कुमार यादवको अध्यक्षतामा ३५ सदस्यीय, विज्ञान संकाय रोज समुहका मो.कलाम उलाहको अध्यक्षतामा २७ सदस्यीय, कक्षा ११ को लोटस समुहका धिरेन्द्र प्रसाद साहको अध्यक्षतामा २१ सदस्यीय रहेका छन ।
त्यस्तै कक्षा १२ को विज्ञान संकायको फिजिक्सतर्फ श्याम सुन्दर यादवको अध्यक्षतामा २१ सदस्यीय, कक्षा १२ को वायो समुहका दिपेश कुमार यादवको अध्यक्षतामा २१ सदस्यीय, कक्षा ११ को विज्ञान संकायका सागर कुमार झाको अध्यक्षतामा २१ सदस्यीय कमिटि गठन गरिएको छ । यस्तै कक्षा १२ को व्यवस्थापन संकायका सुभाष कुमार मण्डलको अध्यक्षतामा २१ सदस्यीय र सोहराव खानको अध्यक्षतामा २१ सदस्यीय कमिटि गठन गरिएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ