News Category 2072/09/09
सर्वस्वीकार्य संविधान निर्माण नभएसम्म आन्दोलन नरोकिने ः अध्यक्ष भण्डारी प्रेस काउन्सिल पनि सम्प्रदायिक चिन्तनबाट मुक्त छैन् ः पूर्व संचारमन्त्री यादव
दैनिक संवाददाता
राजविराज, ८ पुस ।
संघिय समावेशी मधेसी गठबन्धनका नेता तथा राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले सर्वस्वीकार्य संविधान निर्माण नभएसम्म आन्दोलन नरोकिने बताउनुभएको छ ।
राजविराजमा बुधबार आयोजित पत्रकार सम्मेलनमा गठबन्धनका नेता भण्डारीले भारत समेत अधिकारीक रुपमै संविधान संशोधनमा सर्वस्वीकार्य संविधान निर्माण गर्न तथा सो संविधानमा सबैको हकअधिकार र पहिचान सुनिश्चितता सहितको संविधान बनाउने पक्षमा रहेको स्पष्ट पार्नुभयो ।
जारी मधेश आन्दोलन मधेशको मात्र नभएर राष्ट्रिय आन्दोलनको रुपमा परिणत भइसकेको बताउँदै मधेशमा बस्ने ५१ प्रतिशत सम्पूर्ण समुदायको अधिकारसँग जोडिएको उल्लेख गर्नुभयो ।
एक अर्को प्रसङ्गणमा उहाँले मधेशको माँग लोकतन्त्र र राष्ट्रवादमा असर नपर्ने रहेको बताउँदै सरकार लोकतन्त्र विरोधी रहेको तथा सम्प्रदायिक सद्भाव भडकाउने कार्य गरिरहेको स्पष्ट पार्नुहुँदै अध्यक्ष भण्डारीले अधुरो र अपुर्ण संविधान नभए सरकार किन संविधान संशोधन प्रक्रिया अगाडी बढाएको प्रश्न गर्नुभयो ।
उहाँले प्रधानमन्त्रीको बोलीले मुलुकमा अझै संकट निम्त्याएको आरोप लगाउँदै विभदेकै कारण विद्रोह हुन सक्ने र मुलुक बिखण्डनमा समेत जान सक्ने बताउँदै त्यस समयमा सो को जिम्मेवारी राज्यले नै लिनुपर्नेमा बताउनुभयो ।
उहाँले वर्तमान सरकार निरकुंशता तर्फ अग्रसर रहेको तथा झुठको खेति गर्ने गरेको आरोप लगाउँदै सरकार आफै बिखण्डनतर्फ धकल्ने दुष प्रयास गरिरहेको बताउनुभयो ।
पत्रकार सम्मेलनमा पूर्वसञ्चारमन्त्री समेत रहनु भएका मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले सरकारसँगै प्रेस काउन्सिल पनि सम्प्रदायिक चिन्तनबाट मुक्त हुन नसकेको आरोप लगाउनु भयो ।
उहाँले समग्र संचार क्षेत्रको नेतृत्व गर्ने प्रेस काउन्सिललाई विचार गरेर अगाडि बढ्नु नै सम्पूर्ण संचारकर्मीमाथी हितकर हुने उल्लेख गर्नुभयो । तराई मधेसका मिडियालाई चेतावनी दिने, स्पष्टिकरण सोध्नेजस्ता काम गरेर काउन्सिलले पनि क्षेत्रिय, समुदायजस्तो काम गर्न खोजेको उहाँले बताउाुभयो ।
यस्तै गठवन्धनमा आवद्ध नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल कुमार झाले विविध कारणले मधेसवादी शक्तिहरु एकजुट हुन नसकेको बताउनुभयो ।
पत्रकारहरुले सोधेको प्रश्नको जवाफमा उहाँले आफूहरु दुई ठाउँमा रहेपनि जनताले स्वीकार नै गरेको बताउँदै एकजुटका लागि गरिएको बिभिन्न प्रयास सफल हुन नसकेको जिकिर गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ