News Category 2072/09/09
काँग्रेस जिल्ला र क्षेत्रिय समितिले छुट्टाछुट्टै मनायो संस्थापक नेताको जन्म जयन्ति
दैनिक संवाददाता
राजविराज, ८ पुस ।
नेपाली काग्रेसका संस्थापक नेता, पुर्व सभापति एवं पुर्व प्रधानमन्त्री स्व.कृष्ण प्रसाद भट्राईको जन्म जयन्तीको अवसरमा बुधबार नेपाली काँग्रेस सप्तरी तथा क्षेत्रिय समितिले छुट्टाछुट्टै जन्म जयन्ती मनाएको छ ।
नेपाली काँग्रेस जिल्ला कार्य समिति सप्तरीको आयोजनामा पार्टी कार्यालयमा मधेश समस्या र नयाँ संविधान बारेमा छलफल गरि भट्राईको जन्म जयन्ति मनाईएको हो ।
काग्रेसका सभापति दिनेश कुमार यादवको अध्यक्षतामा आयोजित सो कार्यक्रममा पार्टीका राज कुमार न्यौपाने, ललन प्रभात, महेन्द्र यादव, टे«ड युनियनका सभापति मनोज मण्डल, भागवत यादव, राम प्रसाद शरण, गाउँ सभापति भोगेन्द्र यादव, तारणी तिवारी, क्षेत्रिय प्रतिनिधि हरि चौधरी, शिव नारायण साह, महासमिति सचिव नारायण यादव, नेवि संघका केन्द्रिय सदस्य नन्द किशोर यादव, टे«ड युनियनका पुर्व उपाध्यक्ष राधाकान्त देव लगायतका बक्ताहरुले स्व. कृष्ण प्रसाद भट्राईको प्रेरणा अनुसार अगाडी बढ्न सम्पुर्ण कार्यकर्ताहरुलाई अनुरोध गरिएको छ ।
त्यसैगरी नेपाली काँग्रेस क्षेत्र नं. ३ ले पनि संस्थापक नेता, पुर्व सभापति एवं पुर्व प्रधानमन्त्री स्व.कृष्ण प्रसाद भट्राईको ९१ औं जन्म जयन्ती छुट्टै मनाएको छ ।
काग्रेसका क्षेत्र नं. ३ का सभापति रामकुमार यादव, क्षेत्र नं ५ का सभापति मुक्ति चौधरी, नगर संयोजक शम्भु कुमार देव, महासमिति सदस्यद्वय मालती चौधरी, शिवशरण मण्डल, कल्पना चौधरी, पुर्व कोषाध्यक्ष विजय चौधरी, रामकुमार साह, दलित संघका केन्द्रिय सदस्य मोहनी साफी, पार्टीका जिल्ला सदस्य निलम कर्ण, पुर्व जिल्ला सदस्य राम लखन यादव, वैद्यनाथ लाल कर्ण, देउरी भरुवाका उमेश प्रसाद यादव, बिषहरियाका श्याम यादव, रम्पुरा मल्हनियाका इन्द्र नारायण यादव, विशेश्वर प्रसाद साह, आनन्द कुमार झा, श्याम शर्मा, सत्रुधन साह, महिला संघकी पूर्व सभापति ज्ञानु भट्राई, सकरपुराका हरिहर खंग सहितकाहरुले स्व. भट्राईप्रति श्रद्धाञ्जली ब्यक्त गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ