News Category 2072/09/11
युवा संघको भेलामा मधेशी मोर्चाको अवरोध माघ २ मा प्रधानमन्त्री राजविराज आउने
दैनिक संवाददाता
राजविराज, १० पुस ।
नेकपा एमालेका भातृ संगठन युवा संघ सप्तरीले शुक्रवार जिल्लाका विभिन्न स्थानमा राखेको भेलालाई आन्दोलनरत मधेसी मोर्चा सप्तरीले अवरोध पु¥याएको छ । यता अवरोधका बाबजुद पनि संघले आफूहरुको कार्यक्रम सम्पन्न भएको दावी गरेको छ ।
यूवा संघ सप्तरीले नेकपा एमालेको पार्टी कार्यालय राजविराज ५ स्थित मदननगरमा भेला बोलाए पनि त्यहा नगरि संघका केन्द्रीय सचिवालय सदस्य निरन्जन झाको राजविराज २ पडरियास्थित घरमा सम्पन्न गरेको हो ।
यता युवा संघ सप्तरीले राजविराज र कठौनामा भेलाको आयोजना गरेको थियो । सो भेलाहरुलाई सम्बोधन गर्न युवा संघका केन्द्रिय नेता पर्शुराम बस्नेत आएका थिए । बस्नेत राजविराज आएदेखि नै मोर्चा कार्यकर्ताहरुले खोजी गर्न हिँड्न थालेपछि आयोजना गरिएको भेला हुन सकेन् ।
गस्यता प्रहरी निकटको श्रोतका अनुसार मोर्चाको अवरोधका कारण भेलामा सहभागी हुन आएका संघ केन्द्रीय नेता पर्शुराम बस्नेत सहितका युवा संघका नेता कार्यक्रम नै नगरी प्रहरी स्कर्टिङ्गमै फिर्ता भएका छन् ।
यसैबीच मोर्चा कार्यकर्ताहरुले राजविराजस्थित विभिन्न होटेल र मदननगरस्थित एमाले जिल्ला कार्यालयमा समेत नेता बस्नेतको खोजी गर्न नाराबाजी गर्दै पुगेका थिए । मोर्चाको अवरोधले गर्दा कार्यक्रम हुन नसक्ने र मुठभेडको स्थितिलाई आँकलन गर्दै स्थानीय प्रहरीले बस्नेतलाई शुक्रवार बिहान ११ बजेतिर जिल्लाबाट बाहिर पु¥याइदिएको श्रोतको दाबी छ ।
पछिल्लो पटक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेसका जिल्लाहरुमा कुनै पनि सरकारी र मधेस मोर्चा बाहेकका दलहरुको कार्यक्रम हुन सकेको छैन् । आफूहरुले एमाले भातृ संगठन युवा संघको कार्यक्रम राजविराज र कठौनामा हुन नदिएको मधेसी मोर्चा सप्तरीका संयोजक कपिलदेव यादवले स्वीकार गर्नुभयो ।
यता श्रोतका अनुसार युवा संघले आगामी माघ २ गते राजविराजमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा भेला गर्ने जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ