News Category 2072/09/11
बन्दको अवज्ञा नगर्न मधेशी मोर्चा सप्तरीको आग्रह पत्रकारमाथि प्रहरीले गरेको कुटपिटको मोर्चाद्वारा भत्र्सना
दैनिक संवाददाता
राजविराज, १० पुस ।
अधिकार प्राप्तिको निर्णायक मधेश आन्दोलनलाई थप सशक्त बनाउन घोषित कार्यक्रमहरुमा सहयोग तथा सहभागिताका लागि मधेशी मोर्चा सप्तरीले आग्रह गरेको छ ।
मोर्चाका सुचना तथा संचार समितिका संयोजक अमरनाथ मण्डलद्वारा शुक्रबार जारी विज्ञप्तीमा यस्तो आग्रह गरिएको हो ।
मोर्चाका जिल्ला संयोजक कपिलदेव यादवको अध्यक्षतामा शुक्रवार बसेको मार्चाको बैठकले पुस ११ गते वृहत विरोध सभा, १३ गते युवा विद्यार्थीद्वारा गजेन्द्र चौकमा मधेश क्रान्ति साँस्कृतिक कार्यक्रम र १५ गते वृहत लाठी जुलुस प्रदर्शन गर्ने कार्यक्रम रहेकोले उक्त कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाउन मोर्चाले आग्रह गरिएकोे छ ।
सर्वसाधारण जनताको पिर मार्कालाई ध्यानमा राखी हप्ताको एक दिन मात्र सोमबार सम्पूर्ण बैंकलाई खोल्ने तथा कुनै किसिमको अवरोध नगर्न मोर्चाले निर्णय गरेको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
मोर्चाको बैठकले जिल्लामा रहेका सम्पूर्ण सरकारी, गैर सरकारी, अर्ध सरकारी कार्यालय तथा संघ संस्थाहरु पूर्ण रुपमा बन्द रहेकोले सो कार्यालय तथा संघ संस्थाहरु अझै पूर्ण रुपमा बन्द तथा ठप्प गरी निर्णायक यस मधेश आन्दोलनलाई उचाईमा पु¥याउन सहयोग गरि दिन अपील गरेको छ । मोर्चाको निर्णय विपरित कुनै सरकारी तथा गैर सरकारी कार्यालय सञ्चालन गरिएमा त्यसमा हुने क्षतिको जिम्मेवार स्वयं सो कार्यालयहरु हुने जनाईएको छ ।
हस्ताक्षरित विज्ञप्तीमा प्रहरीद्वारा पत्रकार अवधेश झामाथि भएको आक्रमणको घोर निन्दा गर्दैै राज्यबाट चौथो अंगमाथि भएको प्रहार घोर निन्दनीय खेद पूर्ण रहेको भन्दै दोषीमाथि कडा कारवाही गर्न मोर्चाले माग गरेको छ । साथै आन्दोलन निरन्तर जारी रहेको र उचाईमा पुगिरहेको आन्दोलनलाई अझंै उचाईमा पु¥याउन सबैसँग अपील समेत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ