News Category 2072/09/13
अध्यक्ष महतोमाथी प्रहरीले गरेको दमनको गजेन्द्रवादीद्वारा बिरोध
दैनिक संवाददाता
राजविराज, १२ पुस ।
रानी नाकामा शान्तिपूर्ण रुपमा धर्ना बसेका सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतो सहितका आन्दोलनकारीहरूमाथि प्रहरीद्वारा गरिएको अन्धाधुन्द लाठी प्रहार तथा अत्यधिक प्रहरी दमनप्रति नेपाल सद्भावना पार्टी गजेन्द्रवादीले ध्यानाकर्षण जनाउँदै घोर भत्र्सना गरेको छ ।
पार्टीका अध्यक्ष विकास कुमार तिवारीले आइतबार एक विज्ञप्ति जारि गर्दै अध्यक्ष महतोको टाउको र शरीरका भागमा समेत गम्भिर चोट लागेको तथा अन्य नेता तथा कार्यकर्ताहरू पनि सख्त धाइते बनाइएको घटनाको भत्र्सना गर्दै विरोध गरेको छ ।
विज्ञप्तिमा देशको वर्तमान राजनीतिक विकासव्रmमको आधारशिला जनआन्दोलन र मधेश आन्दोलन हो जनाउँदै जनआन्दोलन र मधेश आन्दोलनले दिएको जनादेश अनुरुप अखण्ड (समग्र) मधेश प्रदेश सहितको संघीय संविधान निर्माण, लोकतान्त्रिक मान्यता अनुरुप राज्यको सबै अंगहरूमा समान प्रतिनिधित्वका साथै मुलुकमा बर्षोदेखि अधिकार प्राप्तिकालागि उठेका मुद्दाहरूको जबसम्म उचित सम्बोधन संविधानमा गरिदैन तब सम्म आन्दोलन जारी रहने उल्लेख छ ।
साथै विज्ञप्ति मार्फत अध्यक्ष महतो सहितका नेता तथा कार्यकर्ताहरूको शिध्र स्वास्थलाभको कामना गर्दै सरकारी दमनको बलमा मधेशको न्यायपूर्ण आवाजलाई किमार्थ दबाउन सकिदैन भन्ने बोध समेत राज्यपक्षसँग गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ