News Category 2072/09/13
अध्यक्ष महतोमाथी प्रहरीले गरेको दमनको गजेन्द्रवादीद्वारा बिरोध
दैनिक संवाददाता
राजविराज, १२ पुस ।
रानी नाकामा शान्तिपूर्ण रुपमा धर्ना बसेका सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतो सहितका आन्दोलनकारीहरूमाथि प्रहरीद्वारा गरिएको अन्धाधुन्द लाठी प्रहार तथा अत्यधिक प्रहरी दमनप्रति नेपाल सद्भावना पार्टी गजेन्द्रवादीले ध्यानाकर्षण जनाउँदै घोर भत्र्सना गरेको छ ।
पार्टीका अध्यक्ष विकास कुमार तिवारीले आइतबार एक विज्ञप्ति जारि गर्दै अध्यक्ष महतोको टाउको र शरीरका भागमा समेत गम्भिर चोट लागेको तथा अन्य नेता तथा कार्यकर्ताहरू पनि सख्त धाइते बनाइएको घटनाको भत्र्सना गर्दै विरोध गरेको छ ।
विज्ञप्तिमा देशको वर्तमान राजनीतिक विकासव्रmमको आधारशिला जनआन्दोलन र मधेश आन्दोलन हो जनाउँदै जनआन्दोलन र मधेश आन्दोलनले दिएको जनादेश अनुरुप अखण्ड (समग्र) मधेश प्रदेश सहितको संघीय संविधान निर्माण, लोकतान्त्रिक मान्यता अनुरुप राज्यको सबै अंगहरूमा समान प्रतिनिधित्वका साथै मुलुकमा बर्षोदेखि अधिकार प्राप्तिकालागि उठेका मुद्दाहरूको जबसम्म उचित सम्बोधन संविधानमा गरिदैन तब सम्म आन्दोलन जारी रहने उल्लेख छ ।
साथै विज्ञप्ति मार्फत अध्यक्ष महतो सहितका नेता तथा कार्यकर्ताहरूको शिध्र स्वास्थलाभको कामना गर्दै सरकारी दमनको बलमा मधेशको न्यायपूर्ण आवाजलाई किमार्थ दबाउन सकिदैन भन्ने बोध समेत राज्यपक्षसँग गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ