News Category 2070/05/04
कटुवा पेस्तोल सहित एक पक्राउ
दैनिक संवाददाता
राजविराज, ३ भदौं ।
प्रहरीको गस्ती टोलीले सोमबार साँझ चेकजाँच गर्ने क्रममा पुर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको भारदहबाट हतियारसहित एक युवकलाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बेश क्याम्प भारदहबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा सप्तरीको रुपनगर गाविस ७ निवासी २२ बर्षीय अर्जुन बस्नेतलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
स. १ प ३६५४ नम्बरको मोटरसाईकलमा सवार धरमपुर गाविस २ निवासी २५ बर्षीय दिनेश विश्वकर्मा र अर्जुन बस्नेत मध्ये बस्नेतको साथवाट एक नाल कटुवा पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भईरहेको छ ।
यसअघि गत शनिवार प्रहरीको गस्ती टोलीले सप्तरीको पातोबाट हतियार सहित औरही गाविस ४ का मो. अफताब मियाँ र गत बिहीवार सप्तरीको रम्पुरा मल्हनियाँबाट हतियारसहित एक भारतीय युवकलाई पक्राउ गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ