News Category 2072/09/16
बृहत लाठी जुलुस प्रदर्शन
दैनिक संवाददाता
राजविराज, १५ पुस ।
मधेशी मोर्चा सप्तरीले बुधवार राजविराजमा बृहत लाठी जुलुस प्रदर्शन गरेको छ ।
पूर्व निर्धारित कार्यक्रम अनुसार स्थानीय शिव मन्दिर प्राङ्गणबाट निकालिएको जुलुस नगरको विभिन्न भाग परिक्रमा पश्चात् स्थानिय जनआन्दोलन चौकमा बिरोध सभा सम्पन्न गरेको छ ।
आयोजित विरोधसभाका वक्ताहरुले झण्डै पाँच महिनादेखि शान्तिपूर्ण आन्दोलन जारी रहँदा पनि राज्यपक्षले मधेशको माग सम्बोधन नगरेको भन्दै आन्दोलनलाई थप सशक्त एवम् निर्णायक बनाउनुपर्नेमा जोड दिएका छन् ।
वक्ताहरुले मधेश जनताको आवाजलाई बन्दुकले दबाउने कार्य गरिरहेकोमा आक्रोश व्यक्त गर्दै मधेशको भूमीलाई खण्डित गर्न नदिन जस्तोसुकै संघर्ष गर्न मधेशी जनता तयार रहेको बताएका छन् ।
मधेशी मोर्चा सप्तरीका संयोजक कपिलदेव यादवको अध्यक्षतामा आयोजित विरोधसभामा मोर्चाका सचिवालय सदस्य सत्यनारायण यादव, संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश कुमार यादव, सद्भावना पार्टीका सल्लाहकार भीमराज यादव, तराई मधेश सद्भावना पार्टीका जिल्ला उपाध्यक्ष गोपाल झा, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला सल्लाहकार रामनरेश दास, मधेशी जन अधिकार फोरम गणतान्त्रिकका हरेराम यादव, नेपाल सद्भावना पार्टी रामनारायण यादव, नेकपा माओवादी (बैद्य)का भूपेन्द्र प्रसाद यादव लगायतले बोल्नु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ