News Category 2072/09/16
पत्रकार यादवकी आमाको अन्त्येष्टि
दैनिक संवाददाता
राजविराज, १५ पुस ।
नेपाल सद्भावना पार्टीकी जिल्ला सदस्य समेत रहेकी पत्रकार शुभनारायण यादवकी आमा मुनेश्वरीको पार्थिव शरीरमा बुधबार पार्टीका केन्द्रीय सदस्यद्वय सुरेश कुमार सिंह, जयप्रकाश सिंह, जिल्ला अध्यक्ष सुबी यादव, जिल्ला उपाध्यक्ष अमरनाथ मण्डल, जिल्ला सचिव मनोज झा, सदस्य बिरेन्द्र कुमार यादवलगायतले झण्डा ओढाएका छन् ।
सो अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद् हेमशंकर सिंह, महासंघका सदस्य समेत रहेका मधेशी पत्रकार संघ सप्तरीका सचिव चन्दन यादवलगायतको सहभागिता रहेको थियो ।
यसैबीच पत्रकार शुभनारायण यादवकी दिवङ्गत आमा मुनेश्वरी देवी यादवको बुधवार अत्येष्टि गरिएको छ ।
विगत डेढ वर्षदेखि दम रोगबाट पीडित रहँदैआएकी उहाँकी ४८ वर्षिया आमा मुनेश्वरीको मंगलवार साँझ निधन भएको थियो । सप्तरीको बरहीबीरपुर गाविस वडा नं ७ स्थित आफ्नै निवासमा उनको स्वास–प्रश्वासमा समस्या भई निधन भएको थियो ।
हिन्दु परम्परा अनुसार ईटहरी विष्णुपुरस्थित नहरको डिलमा मुनेश्वरीको अन्त्येष्टि गरिएको छ । उहाँलाई छोरा पत्रकार शुभनारायणले मुखाग्नी दिनु भएको थियो । बौवालाल यादवका दिवंगत पत्नी मुनेश्वरी देवीका एकमात्र छोरा शुभनारायण, दुई छोरी रहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ