News Category 2072/09/16
पत्रकार यादवकी आमाको अन्त्येष्टि
दैनिक संवाददाता
राजविराज, १५ पुस ।
नेपाल सद्भावना पार्टीकी जिल्ला सदस्य समेत रहेकी पत्रकार शुभनारायण यादवकी आमा मुनेश्वरीको पार्थिव शरीरमा बुधबार पार्टीका केन्द्रीय सदस्यद्वय सुरेश कुमार सिंह, जयप्रकाश सिंह, जिल्ला अध्यक्ष सुबी यादव, जिल्ला उपाध्यक्ष अमरनाथ मण्डल, जिल्ला सचिव मनोज झा, सदस्य बिरेन्द्र कुमार यादवलगायतले झण्डा ओढाएका छन् ।
सो अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद् हेमशंकर सिंह, महासंघका सदस्य समेत रहेका मधेशी पत्रकार संघ सप्तरीका सचिव चन्दन यादवलगायतको सहभागिता रहेको थियो ।
यसैबीच पत्रकार शुभनारायण यादवकी दिवङ्गत आमा मुनेश्वरी देवी यादवको बुधवार अत्येष्टि गरिएको छ ।
विगत डेढ वर्षदेखि दम रोगबाट पीडित रहँदैआएकी उहाँकी ४८ वर्षिया आमा मुनेश्वरीको मंगलवार साँझ निधन भएको थियो । सप्तरीको बरहीबीरपुर गाविस वडा नं ७ स्थित आफ्नै निवासमा उनको स्वास–प्रश्वासमा समस्या भई निधन भएको थियो ।
हिन्दु परम्परा अनुसार ईटहरी विष्णुपुरस्थित नहरको डिलमा मुनेश्वरीको अन्त्येष्टि गरिएको छ । उहाँलाई छोरा पत्रकार शुभनारायणले मुखाग्नी दिनु भएको थियो । बौवालाल यादवका दिवंगत पत्नी मुनेश्वरी देवीका एकमात्र छोरा शुभनारायण, दुई छोरी रहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ