News Category 2072/09/17
प्रहरीको विशेष घेरा पश्चात् पनि डा. राउतले दिए प्रशिक्षण
दैनिक संवाददाता
राजविराज, १६ पुस ।
स्वतन्त्र मधेश गठबन्धन सप्तरीले प्रहरीको विशेष घेरामा आफ्नो जिल्ला परिषद् बिहीबार राजविराजमा सम्पन्न गरेको छ ।
विभिन्न जिल्लामा गठबन्धनले आफ्नो कार्यक्रमलाई निरन्तरता दिने क्रममा बिहीबार राजविराजमा जिल्ला परिषद् सम्पन्न गरेको हो ।
नेपाल प्रहरीका प्रहरी निरीक्षक सुरज खड्काको नेतृत्वमा कार्यक्रम स्थल बाहिर प्रहरीको बाक्लो उपस्थिति समेत रहँदा रहँदै सम्पन्न परिषद्मा गठबन्धनका संयोजक डा. सीके राउतले कार्यकर्ताहरुलाई बिशेष प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा राउतले छुट्टै मधेश देश बनाउने प्रकृयादेखि शान्तिपूर्ण रुपमा अगाडि बढ्नेमा जोड् दिनु भएको थियो । शान्तिपूर्ण बाटोमा लाग्न भन्दै उहाँले बन्दुक उठाउने काम तथा हिंसा मच्चाउने कुनै किसिमको गतिविधीमा नलाग्न सबैसँग आग्रह गर्नुभयो ।
राउतले प्रोजेक्टरको माध्यमले कार्यकर्ताहरु माझ प्रस्तुती दिनु भएको थियो । हिंसाको राजनीति कतै पनि सफल नभएको जनाउँदै उहाँले शान्तिपूर्ण बाटोमै लागेर मधेशलाई छुट्टै राष्ट्र बनाउने उहाँको भनाई थियो ।
यता कार्यक्रम सुरु भएको दुई घण्टापछि कार्यक्रम स्थल राजविराजस्थित साह धर्मशाला बाहिर नेपाल प्रहरी र सशस्त्र प्रहरीको वाक्लो घेराबन्दी रहेको थियो । सो घेराबन्दी पश्चात् धर्मशालाको मूल ढोका लगाएर गठबन्धका कार्यकर्ताहरुले संयोजक राउतबाट संक्षिप्त रुपमा निर्धक्क प्रशिक्षण लिएका छन् ।
यसअघि गठबन्धनले मधेशका विभिन्न जिल्लामा जनमत संग्रह समेत गर्दै आइरहेको छ ।
करिब चार घण्टाको प्रशिक्षण पश्चात् डा. सीके राउत मूल ढोकाबाट बाहिर निस्कनु भएको थियो । सोही बीचबाट प्रहरीको घेराबन्दी तोड्दै डा. राउत एक कार्यकर्तासँग मोटरसाइकलमा बसेर निर्धक्क आफ्नो घर फर्केका थिए ।
प्रहरी श्रोतका अनुसार माथिको आदेशमा राउतलाई नियन्त्रणमा लिने तयारी गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ