News Category 2072/09/17
मधेशवादी सम्पूर्ण दलहरु एकजुट हुनुपर्नेमा जोड
दैनिक संवाददाता
राजविराज, १६ पुस ।
झण्डै पाँच महिनादेखी मधेशमा जारि आन्दोलनलाई निरन्तरता दिनका लागि अब मधेशवादी सम्पूर्ण दलहरु एकजुट हुनुपर्ने एक कार्यक्रमका सहभागि वक्ताहरुले जोड दिएका छन् ।
संघीय समावेशी मधेशी गठबन्धनको अभियान अन्तरगत बिहीबार राजविराजमा आयोजित “पत्रकार एवं नागरिक समाजका अगुवाईमा आन्दोलनरत पक्षलाई दबाब स्वरुप बृहत मधेशी महागठबन्धन अभियान” विषयक अन्तरक्रियाका सहभागि वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।
अन्तरक्रियामा वक्ताहरुले सरकार र सत्ता संचालनका लागि अन्य दलहरु एकजुट हुनसक्ने उदाहरण दिँदै मधेशीहरुको हकअधिकारको लडाईका लागि जारि आन्दोलनमा सम्पूर्ण मधेशवादी दलहरु किन एकजुट हुन सकिरहेका छैनन् भनी मधेशवादी दलहरुलाई प्रश्न ते¥याएका छन् ।
कार्यक्रमका सहभागिहरुले हालसम्म जारि आन्दोलनको उपलब्धिलाई निहाल्दै अबको आउँदो दिनमा छिन्न छिन्न भएर आन्दोलन नगर्न मधेशवादी दलहरुलाई आग्रह समेत गरेका छन् ।
मधेशी मोर्चा सप्तरीको आयोजना तथा मोर्चाका संयोजक कपिलदेव यादवको अध्यक्षतमा आयोजित अन्तरक्रियामा नेपाल सद्भावना पार्टीका केन्द्रिय सदस्य जयप्रकाश सिंह, मधेशी पत्रकार संघका अध्यक्ष श्यामसुन्दर यादव, मानवअधिकारकर्मी जंगबहादुर सिंह, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष धिरेन्द्र साह, पूर्व अध्यक्ष बैजनाथ झा, कार्यबाहक अध्यक्ष श्रवण देव, अधिवक्ता अशोक चौधरी, बौद्धिक समाज सप्तरीका संयोजक अमरकान्त झा, सचिव अनिल कुमार अनल, जिल्ला बार एशोसिएसनका अध्यक्ष कृपानारायण यादव, मधेशी मोर्चा सचिवालय सदस्य सत्यनारायण यादव, तमलोपा अध्यक्ष रामप्रित यादव, नेसपा गजेन्द्रवादी जिल्ला अध्यक्ष साबित्रि पण्डित, नेकपा (माओवादी)का संयोजक जयप्रकाश यादव, नेकपा–माओवादीका भुपेन्द्र यादव लगायतले मधेश आन्दोलनलाई अझ सशक्त बनाउँदै निर्णायक मोडमा नआएसम्म निरन्तरता दिनु पर्नेमा जोड दिएका छन् । कार्यक्रम संचालन रामसपाका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डलले गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ