News Category 2072/09/18
काठमाडौंमा टोपी र मधेशमा धोती दिवस
दैनिक संवाददाता
राजविराज, १७ पुस ।
नेपालमा तेस्रो अन्तराष्ट्रिय टोपी दिवस शुक्रबार मनाउँदै गर्दा बाराको सदरमुकाम कलैयामा भने धोती दिवस मनाइएको छ ।
पहाडी समुदायका व्यक्तिले टोपी लगाएर टोपी दिवस मनाए भने मधेसी समुदायका व्यक्तिले धोती, कुर्ता र गम्छा लगाएर धोती दिवस मनाए ।
कलैयामा मधेसी समुदायका व्यक्तिहरुले धोती, कुर्ता, गम्छा लगाएर नगर परिक्रमा गरेका थिए । उनीहरुले धोती दिवस जिन्दावाद, धोतीबीचको एकता जिन्दावादलगायतका नारा लगाउँदै ¥याली निकालेका छन् ।
मधेसी समुदायको पहिचानका लागि ईस्वी सम्वत् २०१६ जनवरी १ का दिन धोती दिवस मनाउने भन्दै प्रथम धोती दिवस मनाएको ¥यालीमा सहभागी संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य एवं पूर्वसभासद प्रमोदप्रसाद गुप्ताले बताए ।
¥यालीमा तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्यहरु श्यामप्रसाद गुप्ता, सत्येन्द्र ठाकुर, नवलकिशोर सिंह, जिल्ला उपाध्यक्ष बिन्दा साह, तराई मधेस सदभावना पार्टीका केन्द्रीय सदस्य रमेश यादव, फोरम नेपालका जिल्ला अध्यक्ष रामबाबुकुमार यादव, स्वतन्त्र मधेस गठबन्धनका बिनोद सर्राफ, रामसपा बाराका अध्यक्ष रामबाबु साह, उपाध्यक्ष महन्थ साह, फोरम नेपालका युवा नेता शशी दास लगायतको सहभागिता थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ