News Category 2072/09/20
आत्मरक्षाका लागि मधेशी जनताले हतियार खोस्ने ः मातृका यादव
दैनिक संवाददाता
राजविराज, १९ पुस ।
नेकपा (माओवादी)का संयोजक मातृका प्रसाद यादवले राज्य पक्षले अब पनि मधेशी जनतामाथि हतियार देखाएर दमन गर्न खोजे सोही हतियार खोसेर मधेशीहरु आफ्नो आत्मरक्षा गर्न बाध्य हुने चेतावनी दिनुभएको छ ।
मधेशी पत्रकार समाज सप्तरीद्वारा आइतवार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा सो चेतावनी दिँदै संयोजक यादवले झण्डै पाँच महिनादेखी जारी शान्तिपूर्ण मधेश आन्दोलनमा राज्यले अनावश्यक दमन गरिरहेको बताउनुभयो ।
मधेशीहरुको पुर्खाले बनाएको काठमाडौंमा अहिले पहाडी शासक वर्गले राज्य गरिरहेको जिकिर गर्दै उहाँले अहिलेको नेपाल गोर्खा राज्यको बिस्तारित रुप रहेको उल्लेख गर्नुभयो । संयोजक यादवले राज्य पक्षले नेपाललाई फिजिकरण गर्न खोजिएको आरोप समेत लगाउनुभयो ।
उहाँले गोर्खाली साम्राज्यवाद बिरुद्धको जारि आन्दोलन राष्ट्रिय आन्दोलन भएको दाबी गर्दै अहिलेको आन्दोलनलाई निर्णायक रुपमा परिवर्तन गर्नका लागि मधेशवादी दलहरुलाई अझ सशक्त रुपमा अगाडी बढ्न सुझाव समेत दिनुभयो ।
जारी मधेश आन्दोलन नेताहरुको अदुरदिशताका कारण सडक आन्दोलन मठ–मन्दिरतर्फ उन्मुख भइरहेको आरोप समेत लगाउनुहुँदै उहाँले भन्नुभयो, “मधेशवादी दलका नेताहरु दिल्लीबाट फर्केपछि उनीहरु जारी आन्दोलन न त गर्ने पक्षमा छ न त छोड्ने पक्षमा छन् ।”
एक अर्को प्रसङ्गमा संयोजक यादवले डा. सिके राउतको मागसँग आफू पूर्ण रुपमा सहमत नरहेको प्रष्ट पार्दै अहिले अलग मधेशको माग गर्ने बेला नआएको प्रष्ट्याउनुभयो । उहाँले डा. सिके राउतसँग बैचारिक बहस गर्न तयार रहेको बताउनभयो ।
पत्रकार सम्मेलनमा संयुक्त मधेशी राष्ट्रिय आन्दोलन परिचालन समितिका प्रवक्ता बलराम यादव, पार्टीका केन्द्रीय सदस्यद्वय जगत यादव, महेश यादव, जिल्ला अध्यक्ष जयप्रकाश यादवलगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ