News Category 2072/09/20
अदालतमा बन्दी प्रत्यक्षीकरण, थुनछेक, अन्तिम म्याद, मिलापत्र बाहेकका काम नगरिने निर्णय
दैनिक संवाददाता
राजविराज, १९ पुस ।
जारि मधेश आन्दोलनको अवधीमा पुनरावेदन अदालत राजविराज र सप्तरी जिल्ला अदालतमा बन्दी प्रत्यक्षीकरण, थुनछेक, अन्तिम म्याद, मिलापत्र बाहेक अन्य कुनै काम कारवाही नगरिने निर्णय गरिएको जनाइएको छ ।
सप्तरी जिल्ला अदालत बार इकाईका अध्यक्ष कृपानारायण यादव र पुनरावेदन अदालत बार इकाई राजविराजका अध्यक्ष महेन्द्र कुमार चौधरीद्वारा आइतबार संयुक्त रुपमा प्रकाशित विज्ञप्तिमा सो निर्णय गरिएको जनाइएको छ ।
जारि विज्ञप्तिमा पुनरावेदन अदालतका मुख्य न्यायाधीश, जिल्ला अदालतका न्यायाधीशहरु तथा बारका पदाधिकारीहरुको उपस्थितमा आइतबार सम्पन्न छलफलबाट सो निर्णय गरिएको जनाइएको छ ।
जारि विज्ञप्तिमा वर्तमान अवस्थामा मधेश आन्दोलनका कारण यातायात बन्द रहेकोले अदालतमा पक्ष विपक्षको उपस्थिति हुन नसक्नाले तत्काल अदालतको काम कारवाही यथास्थितिमै राख्ने सहमति भएको उल्लेख छ । मालपोत कार्यालय, नापी कार्यालय, भूमिसुधार कार्यालय, बैंक, वित्तिय संस्था समेत बन्द रहेको परिस्थितमा कुनै परिवर्तन नभएकोले विगत झैं इजलास बन्द नै रहने गरि आवश्यक व्यवस्था गर्न अनुरोध समेत गरिएको छ ।
यस्तै परिस्थितिमा परिवर्तन हुना साथ बेञ्च र बारबीच तत्कालै अन्तरक्रिया गरि आवश्यक निर्णय लिने सर्वसम्मति भएको जारि विज्ञप्तिमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ