News Category 2072/09/20
अदालतमा बन्दी प्रत्यक्षीकरण, थुनछेक, अन्तिम म्याद, मिलापत्र बाहेकका काम नगरिने निर्णय
दैनिक संवाददाता
राजविराज, १९ पुस ।
जारि मधेश आन्दोलनको अवधीमा पुनरावेदन अदालत राजविराज र सप्तरी जिल्ला अदालतमा बन्दी प्रत्यक्षीकरण, थुनछेक, अन्तिम म्याद, मिलापत्र बाहेक अन्य कुनै काम कारवाही नगरिने निर्णय गरिएको जनाइएको छ ।
सप्तरी जिल्ला अदालत बार इकाईका अध्यक्ष कृपानारायण यादव र पुनरावेदन अदालत बार इकाई राजविराजका अध्यक्ष महेन्द्र कुमार चौधरीद्वारा आइतबार संयुक्त रुपमा प्रकाशित विज्ञप्तिमा सो निर्णय गरिएको जनाइएको छ ।
जारि विज्ञप्तिमा पुनरावेदन अदालतका मुख्य न्यायाधीश, जिल्ला अदालतका न्यायाधीशहरु तथा बारका पदाधिकारीहरुको उपस्थितमा आइतबार सम्पन्न छलफलबाट सो निर्णय गरिएको जनाइएको छ ।
जारि विज्ञप्तिमा वर्तमान अवस्थामा मधेश आन्दोलनका कारण यातायात बन्द रहेकोले अदालतमा पक्ष विपक्षको उपस्थिति हुन नसक्नाले तत्काल अदालतको काम कारवाही यथास्थितिमै राख्ने सहमति भएको उल्लेख छ । मालपोत कार्यालय, नापी कार्यालय, भूमिसुधार कार्यालय, बैंक, वित्तिय संस्था समेत बन्द रहेको परिस्थितमा कुनै परिवर्तन नभएकोले विगत झैं इजलास बन्द नै रहने गरि आवश्यक व्यवस्था गर्न अनुरोध समेत गरिएको छ ।
यस्तै परिस्थितिमा परिवर्तन हुना साथ बेञ्च र बारबीच तत्कालै अन्तरक्रिया गरि आवश्यक निर्णय लिने सर्वसम्मति भएको जारि विज्ञप्तिमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ