News Category 2072/09/20
युवा संघका केन्द्रिय सदस्य मण्डलद्वारा राजिनामा
दैनिक संवाददाता
राजविराज, १९ पुस ।
युवा संघ नेपाल केन्द्रिय सदस्य ई. ब्रज किशोर मण्डलले पार्टीको साधारण सदस्य समेतवाट राजिनामा दिनु भएको छ ।
सप्तरीको भारदह १ निवासी ई. मण्डलले आइतबार आफ्नो फेसबुकमा स्टेटस लेखि नेकपा एमालेका शिर्ष नेताहरू राष्ट्रप्रती रतीभर चिन्तीत नभएको, राष्ट्रिय एकता खल्बलाउने बारम्बार अभिव्यक्ति दिएको भन्दै राजिनामा दिएको उल्लेख छ ।
सप्तरी जिल्ला कमिटिको सदस्यसमेत रहनु भएका ई. मण्डलले आजदेखि नयाँ सोचका साथ आन्यायमा परेका जनताको पक्षमा बाचुञ्जेल सधै वकालत गर्ने लेख्नु भएको छ ।
उहाँले एमाले नेताहरूका कारण राष्ट्रिय चरित्र देखाउनुको साटो आफ्नो क्षेत्रिय र समुदायमा मधेसमा काम गर्ने कार्यकर्ताको मनोवल गिराउनुका साथै मधेसका जनता सामु शिर निहराउनु पर्ने परिस्थीती आएको उल्लेख गर्नुभएको छ । उहाँले अगाडी लेख्नु भएको छ “मधेसी जनताको भावना पार्टी समक्ष राख्दा मधेसवादी भयो भने आरोप खेप्नु परेको र नेताहरूले सधै त्यही हेला नजरले हेर्ने गरीयो ।”
उहाँले अगाडी लेख्नु भएको छ, “देशमा ३०५ भन्दा बढि जनताको हितको कुरा मधेस केन्द्रित दलकै माग ठान्नु, आफ्नो त्यतीका मधेसी भोटरको ४ महिना भन्दा बढिको बन्द र नेता गैर राजनैतिक अभिव्यिक्तले पारेको दुःखको बारेमा रती पनि विचार नगर्नु, मधेसी जनतालाई बिखण्डनकारी ठान्नु तर आफ्ना काम क्रियाले विखण्डनकारीलाई वलपुगेको र दिनानिदुन राज्यप्रति अविश्वास वढाएको देखिनु जस्ता गैर माक्र्सवादि चरित्रको कारणले एमालेमा बसी राख्नु आफुलाई आफैले धोखा दिनु जस्तो हुन्छ, म जे इच्छाले एमालेमा लागेको थिए त्यो यहाँ वसेर कहिलेपनि पूरा हुन सक्दैन ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ