News Category 2072/09/21
५० हजार बढी विद्यार्थीद्वारा राजविराजमा प्रदर्शन
दैनिक संवाददाता
राजविराज, २० पुस ।
आन्दोलनरत मधेसवादी दलका युवा विद्यार्थी संगठनले सोमबार राजविराजमा विशाल प्रदर्शन गरेका छन् ।
जारी मधेश आन्दोलनमा सरकारलाई अन्तिम धक्का दिने भन्दै राजविराजमा सो प्रदर्शन गरिएको हो । राजविराजमा गरिएको यो प्रदर्शन नै हालसम्म कै सबैभन्दा ठूलो हो ।
प्रदर्शनमा ५० हजार भन्दा बढी युवा तथा विद्यार्थीहरुको सहभागीता रहेको थियो । स्थानीय राज रंगशालाबाट निकालिएको जुलुसले नगरको बिभिन्न भागको परिक्रमा गरेको थियो ।
राजविराजस्थित ४० भन्दा बढी निजी विद्यालय, एक दर्जन सामुदायिक विद्यालय, दुई दर्जन क्याम्पस, आधा दर्जनको संख्यामा प्रविधिक क्याम्पसका विद्यार्थी, शिक्षक एवं मधेसी मोर्चाका युवा तथा विद्यार्थी नेता तथा कार्यकर्ताको सहभागितामा प्रदर्शन गरिएको हो ।
प्रदर्शनका कारण राजविराजको प्रमुख सडकहरु भरिभराउ भएको थियो । स्कुलको पोशाक तथा सादा पोशाकमा आएका विद्यार्थीहरुले प्रदर्शनका क्रममा सरकार राजीनामा देऊ, मधेसीको माग पूरा गर, प्रहरी दमन बन्द गर, विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरसहितका नारा लगाएका थिए ।
नगर परिक्रमा पश्चात् प्रदर्शन स्थानिय गजेन्द्र चौकमा बिरोध सभामा परिणत भएको थियो । आयोजित बिरोध सभालाई सम्बोधन गर्दै मोर्चाका युवा नेताहरुले सरकारले माग पूरा नगरेसम्म सशक्त आन्दोलन जारी रहने बताए । सभामा नेताहरुले नेतृत्व पंक्तिले धोका दिए आन्दोलनको नेतृत्व युवा विद्यार्थीले नै गर्ने समेत बताएका छन् ।
संघिय समाजवादी विद्यार्थी फोरमका केन्द्रिय इन्चार्ज अशोक यादवले मधेशी मोर्चामा फुट आउन लागेको भनी आइरहेको हल्ला निराधार भएको बताउँदै मोर्चा फुटेर नभई जुटेरै आन्दोलन गर्ने बताउनुभयो ।
सद्भावना पार्टी निकट विद्यार्थी मञ्चका केन्द्रिय अध्यक्ष किशोर कुमार यादवले आन्दोलन शिथिल भएको कुरामा राज्य पक्षले नै हल्ला फैलाएर आन्दोलनकारीबीच षडयन्त्र गर्न खोजेको आरोप समेत लगाउनुभयो । सो सभामा विभिन्न मधेशवादी दलका युवा विद्यार्थी नेताहरुले बोल्नु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ