News Category 2072/09/21
असई सुब्बाको गोली हानी हत्या
दैनिक संवाददाता
राजविराज, २० पुस ।
सप्तरीको झुटकी गाविसस्थित प्रहरी चौकीका इन्चार्ज असई रमेश सुब्बामाथी सोमबार साँझ गोली प्रहार भएको छ ।
अज्ञात समूहले चलाएको गोली असई सुब्बाको छाती र घुडामा लागेको छ । उहाँलाई उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल ल्याउँदै गरेको अवस्थामा बाटोमै मृत्यु भइसकेको अस्पतालले जनाएको छ ।
साझ करिब ६ बजेतिर प्रहरी चौकी नजिकै रहेको झौरहा चौकमा घुमफिर गरिरहेको अवस्थामा दुई वटा मोटरसाइकलमा आएका अज्ञात समूहले गोली प्रहार गरेको सगरमाथा अंचलका वरिष्ठ प्रहरी उपरिक्षक चन्द्र बाबु सिंहले जानकारी दिनुभयो ।
यता अस्पतालले असई सुब्बाको मृत्यु भइसकेको जानकारी दिएको छ तर प्रशासनले थप उपचारका लागि धरान लैजाने बताएको छ ।
सप्तरीको गोबरगाढा प्रहरी चौकीमा दरबन्दी रहेको झापाको भद्रपुर १० घर भएका असई सुब्बा ६ महिना अघि झुटकी प्रहरी चौकीमा काजमा गएका थिए ।
यसैबीच भुमिगत संगठन अखिल तराई मुक्ति मोर्चाका केन्द्रिय संयोजक जयकृष्ण गोइतले घटनाको जिम्मा लिएका छन् । प्रहरीले मधेशमा गरेको दमन गरेको भन्दै सो घटना गरिएको उहाँले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ