News Category 2072/09/23
विरगंज नाकामा धर्ना दिँदै फोरम अध्यक्ष यादव
दैनिक संवाददाता
बिरगंज, २२ पुस ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरेको नाकाबन्दिको बुधबार १ सय ६ औँ दिन बिरगंज नामा संघिय समाजवादी फोरम नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव आफ्ना कार्यकर्तासंगै धर्नामा सहभागि हुनुभएको छ ।
नेता यादवले मोर्चाले सरकारसँग दिएको मागको सम्बोधन नगर्दै नेपाली काग्रेसले ल्याएको २ बुदें संविधान संसोधनले मधेसी जनताको माग पुरा नहुने बताउनु भएको छ ।
नेता यादवले मोर्चाले दिएको ११ बुदें मागमा साझा धारना ल्याएर सम्बोधन नगरे आन्दोलन तथा नाकाबन्दि अन्त्य नहुने ठोकुवा गर्नु भएको छ । मधेस आन्दोलनको ५ महिना वितिसक्दा पनि सरकारले मोर्चासंग झिनो आश समेत नदिएको बताउदैँ वर्तमान सरकार अहिले सम्मकै इतिहासमा असक्षम सरकार भएको टिप्पणी गर्नुभयो ।
भुकम्प पीडित, मधेस आन्दोलन, सुशासन लगायतको समस्या सामाधान नगरि महंगि, कालोबजारी, गुण्डागर्दिलाई प्रसय दिईरहेको आरोप लगाउदै वर्तमान प्रधानमन्त्रि उख्खान टुक्का खोजिखोजि टिप्पणी गर्दैमा समय काटिरहेको बताउनुभयो । असक्षम सरकार धेरै दिन टिक्न नसक्ने दाबि गर्दै उनका आफ्नौ पार्र्टीमा मतभेद रहेको र सोको पर्दाफास उनकै सहपाठीहरुले गर्दै आएको बताउनुभयो ।
धर्नास्थलमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा जनपरिचालक समितिका संयोजक एवम् संधिय समाजवादि फोरम नेपाल पर्साका अध्यक्ष प्रदिप यादव, केन्द्रिय महासचिव रामसाह यादव, सेख जैसुदिन, मदन यादव, हस्मुदिन देवान, रेखा साह, प्रमोद गुप्ता, नासिर खान, बच्चा यादव लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ