News Category 2072/09/24
कुनै षडयन्त्रमा नफस्न मधेशी मोर्चालाई गठबन्धनको आग्रह
दैनिक संवाददाता
राजविराज, २३ पुस ।
संघीय समावेशी मधेशी गठबन्धनले मुलुकमा वर्तमान समस्याप्रति कुनै एउटा पक्षसँगको सम्वादले मात्रै समस्याको समाधान ननिस्कने र मुलुक झन गम्भिर दुर्घटनामा फस्न सक्ने जनाएको छ ।
गठबन्धनका तर्फबाट रामसपाका अध्यक्ष शरत्सिंह भण्डारी, नेसपाका अध्यक्ष अनिल झा, फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव र तमरा अभियानका संयोजक जयप्रकाश गुप्ताद्वारा बिहीबार जारि संयुक्त विज्ञप्ति मार्फत जनाइएको छ ।
विज्ञप्तिमा वर्तमान परिस्थितिबाट वार्ता र संवादको माध्यमले नै निकास निस्कने उल्लेख गरिएको छ । त्यस्तै मधेशी जनताले जुन अधिकार प्राप्तिका लागि बलिदानी दिएको छ ती मागहरु सम्पूर्ण रुपमा सम्बोधन नहुने गरि कुनै किसिमको षडयन्त्रमा नफस्न संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई सचेत गराउदै खुट्टा नकमाउन पनि आग्रह गरिएको छ ।
जारि विज्ञप्तिमा पाँच महिना देखीको निरन्तर शान्तिपूर्ण आन्दोलनले मुलुकको सामाजिक, राजनैतिक र आर्थिक जग हल्लाइरहेको अवस्थामा सरकार आन्दोलन प्रति उदासिन र अनउत्तरदायी रहेको आरोप लगाइएको छ ।
आन्दोलनका क्रममा मुलुकमा मानवअधिकारको चरम उलंघन, आन्दोलनकारी माथी क्रुर दमन, आम नागरिक अभावको पीडामा, विद्यार्थीहरु पढ्नबाट बञ्चित रहेको अवस्थामा देशको अर्थतन्त्र धरासायी भइसक्दा पनि रोम जलिरहदा निरोले बाँसुरी बजाए झैं गरि सरकारले वेवास्ता गरिरहेको आरोप लगाइएको छ ।
त्यस्तै सरकारले नै अघोषित रुपमा कालोबजारी र तस्करीलाई संरक्षण गरिरहेको भन्दै विज्ञप्तिमा त्यस्तो निन्दनिय कार्यको घोर भत्र्सना समेत गरिएको छ । सोही विज्ञप्तिमा सदनमा दर्ता गरिएको संशोधन विधेयक फिर्ता लिई आन्दोलनरत सबै पक्षहरु संघीय समावेशी मधेशी गठबन्धन, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, मुस्लिम आन्दोलनकारीहरु, थरुहट संघर्ष समिति, आदिवासी जनजाती लगायत सबै पक्षहरुसँग सहमति गरि संविधान संशोधनको प्रकृया अगाडी बढे मात्र अहिलेको समस्याको समाधान निस्कने ठहर गरिएको छ ।
विज्ञप्तिमा आमहड्ताल र नाकाबन्दीलाई निरन्तरता दिने निर्णय गर्दै पुस २६ गतेसम्म घोषणा गरेको कार्यक्रमलाई अझ प्रभावकारी ढंगले सम्पन्न गराउन जनसमुदायमा अपील गरिएको छ । साथै पुस २७ गतेदेखी माघ ४ गतेसम्ममा मधेशका हरेक जिल्ला अन्तरगत गठबन्धनको क्षेत्रिय समितिहरु बनाउने र त्यस क्षेत्र अन्तरगतका प्रतयेक गाविसहरुमा हरेक दिन अन्तरक्रिया कार्यक्रमहरु गर्ने निर्णय समेत गरिएको उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ