News Category 2072/09/25
ठाकुर गोली होइन् “फाइटर” बाट घाइते
दैनिक संवाददाता
राजविराज, २४ पुस ।
सप्तरीको राजविराज नगरपालिका वडा नम्वर २ स्थित पडरिया टोलमा शुक्रबार अज्ञात व्यक्तिहरुको समूहले चलाएको गोली लागि एक युवक घाइते भएको समाचारले शुक्रबार दिनभरि चर्चा पाएको छ ।
सो समाचारले राष्ट्रिय मिडियाहरुमा समेत राम्रै स्थान पायो । तर, सो घटना सम्बन्धि समाचारको सत्यतथ्य शुक्रबारै बाहिर आएको छ । उक्त स्थानमा घटना भएकै हो तर, गोली चलेको छैन् । युवाहरुबीच भएको झगडामा राजविराज २ स्थित पडरिया टोलका १७ वर्षिय दिपक ठाकुर फाइटरको प्रहारबाट घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक भिम ढकालका अनुसार पडरिया टोलमा भएको उक्त घटना बारे प्रारम्भिक छानबिनका क्रममा घाइते भएका युवकलाई कसैले गोली प्रहार नगरेको तर उनी फाइटरको प्रहारबाट घाइते भएका हुन् । उहाँले घटनास्थलमा गएर अनुसन्धान गरि र अस्पतालका चिकित्सकबाट घाउबारे जानकारी प्राप्त गरेपछि सो सत्यतथ्य सार्वजनिक भएको बताउनुभयो ।
घाइते पश्चात् ठाकुरलाई स्थानियहरुको सहयोगमा राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागिएको हो । अस्पतालमा उपचारका क्रममा ठाकुरले भने, “मोटरसाइकलमा आएका युवकहरुले म सँग “माल” छ भन्दै सोधपछि छैन भनेपछि उनीहरुले गोली प्रहार ग¥यो ।” उनले भने, “उक्त समूहले चार पटक फाइरिङ्ग ग¥यो तर, आफूलाई एक गोली मात्र लागेको छ ।”
घाइते ठाकुर स्थानीय ग्रीन इङ्गलिस बोर्डिङ्ग स्कूलको कक्षा ९ मा अध्ययनरत छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ