News Category 2072/09/26
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा आन्दोलनका नयाँ कार्यक्रमको घोषणा
राजविराज÷संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सीमा नाकामा धर्नासहितका आन्दोलनलाई यथावत राख्दै आन्दोलनका नयाँ कार्यक्रमहरुको घोषणा गरेको छ ।
जस अनुसार २८ गते जिल्ला सदरमुकाममा बिशाल जुलुस प्रदर्शन एवं बिरोध सभा गर्ने, ३० गते आन्दोलनका क्रममा सरकारद्वारा गरिएको हिंसा, हत्या एवं दमन सम्बन्धि फोटो, चित्र तथा बृत्तचित्र प्रदर्शन गर्ने, माघ २ गते लाठी जुलुस प्रदर्शन गर्ने, ४ गते मसाल जुलुस प्रदर्शन, ५ गते सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्ने तथा बलिदान दिवस मनाउने र ७ गते गाउँ नगरसम्म विरोध सभा गर्ने तथा जारी आन्दोलनका क्रममा भइरहेको अन्य कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
तीन दिनसम्म चलेको मोर्चाको बैठकले सरकार वार्ताप्रति गम्भीर नभएको आरोप समेत लगाएको छ । औपचारिक र अनौपचारिक गरी २५ पटकभन्दा बढी वार्ता भएको भन्दै मोर्चाले वार्ता र सम्वादबाट मधेसी, आदिवासी जनजाति, थारु, मुस्लिम लगायतका सीमान्तकृत समुदायको मुद्दाहरुको सम्बोधन प्रति प्रष्ट दृष्टिकोणको अभावले वार्ता परिणाममुखी हुन नसकेको ठहर गरेको छ ।
राज्य संचालकहरुको नश्लवाली चिन्तन र एकल जातीयतामा आधारित अन्धराष्ट्रवादी मानसिकतामा कुनै परिर्वतन नभएको र सरकारको नेतृत्वमा रहेकाहरुले मधेसी लगाष्गतका सीमान्तकृत जनताप्रति अपमानजनक अभिव्यक्ति दिने क्रम समेत नरोकिएको मधेसी मोर्चाले बताएको छ ।
मधेसी मोर्चाले संसदमा रहेका संविधान संशोधन विधेयक परिर्माजन विना पारित भए आफूहरुले उठाएको मुद्दा सम्बोधन नहुने र आफूलाई मान्य नहुने बताएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ