News Category 2072/09/27
लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार स्थगित भएकोमा सम्पूर्ण संचार संघसंस्थाद्वारा दुःख व्यक्त
दैनिक संवाददाता
राजविराज, २६ पुस ।
नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य अवधेश कुमार झाले स्व. लोकेन्द्र बुढाथोकीको स्मृतिमा विगत दुई दशकदेखी प्रदान गर्दै आइरहेको लाकेन्द्र स्मृति पत्रकारीता पुरस्कार यस वर्ष विभिन्न कारण देखाई नेपाल पत्रकार महासंघ सप्तरी शाखाले सूचना प्रकाशित गरि स्थगित गरेकोप्रति दुःख व्यक्त गर्नुभएको छ ।
झाद्वारा आइतबार जारि विज्ञप्तिमा नेपाल पत्रकार महासंघ सप्तरी शाखाको इतिहासमा पहिलो पटक वामपन्थी विचारधाराका व्यक्तिको नेतृत्वमा रहेको कार्य समितिले स्वर्गीय पत्रकार वुढाथोकीको स्मृति दिवस समेत मनाउन नसक्नु अत्यन्तै दूर्भाग्यपूर्ण भएको जनाइएको छ ।
महासंघमा पछिल्लो एक वर्षदेखि देखिएको विभिन्न प्रकारको आन्तरिक विवादलाई नेतृत्व वर्गको अकरमर्णयताका कारण मिलाउन नसक्नु र त्यसको परिणाम स्वरुप पत्रकारिताकै कारण ज्यान गुमाएका सहकर्मीहरुको स्मृति दिवस सम्म मनाउन नसक्नु जस्ता कार्यले नेतृत्वको गैर जिम्मेवारीपूर्ण रवैया भएको विज्ञप्तिमा उल्लेख छ ।
साथै नेपाल पत्रकार महासंघ शाखा सप्तरी नेतृत्वलाई जिम्मेवार भई अघि वढ्न आग्रह गर्दै पछिल्लो लामो समयदेखि महासंघ भित्र देखिएको विवाद मिलाउन केन्द्रीय नेतृत्वलाई समेत आह्वान गरिएको छ ।
यसैगरि नेपाल प्रेस युनिय सप्तरीका अध्यक्ष ओम प्रकाश साह, प्रेस चौतारी सप्तरीका कार्यवाहक अध्यक्ष नर्मदेव यादव, क्रान्तिकारी पत्रकार संघ सप्तरीका अध्यक्ष राजु विश्वकर्मा, मधेशी पत्रकार समाज सप्तरीका अध्यक्ष शैलेन्द्र सिंह र मधेशी पत्रकार संघ सप्तरीका अध्यक्ष श्यामसुन्दर यादवद्वारा जारि संयुक्त विज्ञप्तिमा ल स्नेपाल पत्रकार महासंघ शाखा सप्तरीमा विगत केही महिनादेखि जारी तालाबन्दी र स्व. लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रम स्थगित भएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
विज्ञप्तिमा सम्पुर्ण पत्रकारहरुको छाता संगठनको रुपमा रहेको नेपाल पत्रकार महासंघमा भएको तालाबन्दीका कारण सम्पुर्ण श्रमजिवी पत्रकारहरु मर्माहत भएको तथा महासंघले प्रत्येक बर्ष बितरण गर्दै आएको स्व. लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रम स्थगित गरिएकोप्रति दुखित तुल्याएको उल्लेख छ ।
यस्तै विज्ञप्तिमा नेपाल पत्रकार महासंघ सप्तरीको वर्तमान कार्य समितिको कार्यशैली बिरुद्धको संघर्ष समितिले गरेको तालाबन्दीलाई तत्काल खोलाउन नेपाल पत्रकार महासंघ शाखा सप्तरी र आन्दोलनरत संघर्ष समिति दुबै पक्ष गम्भीर हुनु जरुरी रहेको जिकिर गरिएको छ ।
साथै महासंघको कार्य समिति र संघर्ष समिति दुबैपक्ष सँग अधिकतम लचकताका साथ वार्ता, छलफल र सम्वादको माध्यमबाट वर्तमान समस्याको समाधान खोज्न आग्रह गर्नुका साथै नेपाल पत्रकार महासंघ सप्तरी तथा संघर्ष समितिबीचको बिवादित बिषयहरुको निकास साधारण सभाबाटै निकाल्न दुबै पक्षलाई आग्रह गर्दै नेपाल पत्रकार महासंघ शाखा सप्तरीलाई तत्काल साधारण सभाको मिति तय गर्न विज्ञप्ति मार्फत माग गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ