News Category 2072/09/27
पच्चिस अधिकारवादी संघसंगठनद्वारा देव हत्याको छानबिन गर्न सिआइबीसँग माग
दैनिक संवाददाता
राजविराज, २६ पुस ।
राजविराज ६ निवासी ३० वर्षीय युवा जितेन्द्र नारायण देवको हत्या भएको तीन महिना भइसक्दा पनि ठोसरुपमा अनुसन्धान अगाडि नबढेको भन्दै विभिन्न २५ वटा अधिकारवादी संघसंगठनहरुले हत्याको सिआइबी छानबिन हुनुपर्ने माग गरेका छन् ।
शनिबार मधेश मिडिया हाउसमा पीडित परिवारले मानव अधिकारवादी, संञ्चारकर्मी, राजनीतिक पार्टीका भ्रातृ संगठनहरुलाई जम्मा गरी हत्याको न्यायिक छानबिनका लागि आग्रह गरेको थियो ।
कार्यक्रममा उपस्थिति संचारकर्मी, मानव अधिकारवादी, पार्टीका प्रतिनिधिहरुले घटनाको तीन महिना हुन लाग्दा पनि ठोसरुपमा अनुसन्धान प्रक्रिया अगाडि नबढ्नु र सत्यतथ्य बाहिर नआउनुले गम्भीर ध्यानाकर्षण भएको संयुक्त प्रेस विज्ञप्तिमार्फत् जनाएका छन् । कार्यक्रममा घटनाको तत्काल निष्पक्ष उच्चस्तरीय सिआइबी छानबिन हुनुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ति र सुरक्षाको ग्यारेन्टीको माग गरिएको छ ।
यस्असोज ३० गते शनिबारका दिन जितेन्द्र नारायण देवलाई आफ्नो गृहनगर राजविराजबाटै बेपत्ता पारी निर्ममतापूर्वक चरम यातना दिई पास्विक तरिकाले हत्या गरिएको अवस्थामा कार्तिक ३ गते बिरहीविरपुर–८ स्थित कोशी नहरमा शव फेला परेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ