News Category 2072/09/28
सम्पूर्ण दल, संघ, संस्थाहरु कार्यगत एकता तथा आन्दोलन लक्ष्य प्राप्तिसम्म सहकार्य गर्नुपर्नेमा जोड
दैनिक संवाददाता
राजविराज, २७ पुस ।
बौद्धिक समाज सप्तरीले जारी मधेश आन्दोलनरतमा सम्पूर्ण दल, संघ, संस्था विभक्त नभई कार्यगत एकता गरी आन्दोलन लक्ष्य प्राप्तीसम्म सहकार्य गर्नुपर्नेमा जोड दिएको छ ।
समाजका संयोजक प्रा. अमरकान्त झा तथा सचिव अनिल कुमार अनलद्वारा सोमबार जारी विज्ञप्तीमा वर्तमान शासक वर्गलाई सहमतिमा ल्याउन आन्दोलनकारी दलले “सविनय” भद्र अवज्ञा आन्दोलन गर्ने निर्णय अनुसार शीर्ष तहदेखी जिल्लाका नेतृत्वकर्ताहरुले असहयोग गर्न सीमा क्षेत्रमा धर्ना प्रर्दशन लगायतका कार्यक्रम संचालन गर्नूपर्ने सुझाव दिएको छ ।
त्यस्तै वर्तमान सरकारका एक जना उपप्रधानमन्त्रीले तस्करहरुको सहयोगबाट सरकारलाई मद्दत प्राप्त भईरहेको तथ्य सार्वजनिक गरेको जनाउँदै निश्चय पनि आन्दोलनकारी दलका नेता कार्यकर्ता आफ्नो निर्णय अनुसार मधेशको गाउँ गाउँमा असहयोग आन्दोलनको मर्म बारेमा आम जनतालाई व्यापक रुपमा सुसूचित गराउनु पर्ने विज्ञप्ति मार्फत धारणा व्यक्त गरिएको छ ।
यसैगरी मधेश आन्दोलनको क्रममा शहीद भएका परिवारलाई क्षतिपुर्ती दिने, घाईतेलाई औषधीउपचार गराउने विभिन्न जिल्लाका प्रशासक र आन्दोलनकारी वीच सहभौतिक सम्झौता भएको उल्लेख गर्दै सरकारद्वारा त्यसको पालन नभएको ठहर गरिएको छ । जसका कारण विभिन्न जिल्लामा गम्भीर घाईतेहरुमा आफ्नो खर्चमा इलाज गराउन विवश भएको उल्लेख गरिएको छ ।
यस्तै विज्ञप्तिमा सहमती सम्झौता पालन गर्ने गराउनु पर्ने तथा २०४७ सालको परिवर्तन पछि विभिन्न सरकार मधेशवादी दलको साथ सहमति सम्झौता गर्दै आएको बताउँदै अहिले सम्मको परिणम अनुसार त्यसको पालन गर्ने नैतिकता समेत नदेखाएकोप्रति आश्चर्य व्यक्त गरिएको छ ।
विज्ञप्ति मार्फत मधेशवादी दलका नेताहरु लगायत संघ संस्थाका अगुवाहरु सरकारद्वारा वार्ता गर्ने गरेको प्रहसनलाई प्रमुखता नदिई जनताको माझ सरिक भई आन्दोलनलाई छिटो भन्दा छिटो गन्तब्यमा पु¥याउन माग गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ