News Category 2070/05/06
६ दिनमा चार हतियारसहित पक्राउ पर्नेको संख्या ५ पुग्यो पुनः एक यूवक हतियारसहित पक्राउ
दैनिक संवाददाता
राजविराज, ५ भदौं ।
संविधानसभाको निर्वाचनलाई मध्य नजर राखि सप्तरी प्रहरीले अहिले जिल्लामा सुरक्षा व्यवस्था अत्यन्त कडा पारेको छ । सुरक्षा व्यवस्था कसिदै जाँदा ६ दिनमा चार हतियारसहित ५ जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार राती सप्तरीको बसबलपुर गाविसबाट चोरीको आरोपमा स्थानियहरुले कुटपिट गरी प्रहरीलाई बुझाएको एक युवकको साथबाट हतियार बरामद भएको छ ।
बसवलपुर गाविस ६ निवासी प्रमोद यादवको घरमा चोरी गरेको आरोपमा सोही ठाउँ निवासी २२ बर्षीय अरुण यादवलाई स्थानियहरुले कुटपिट गरी प्रहरीलाई बुझाएको थियो ।
यादवलाई नियन्त्रण लिई प्रहरीले शरीर खानतलाशी गर्दा यादवको साथवाट एक थान कटुवा पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी श्यामसिंह चौधरीले जानकारी दिनुभयो ।
स्थानियको कुटाईबाट घाईते भएका यादवको सप्तरीको नकटी रायपुरस्थित युनिक अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
यसअघि प्रहरीको गस्ती टोलीले सोमबार साँझ चेकजाँच गर्ने क्रममा पुर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको भारदहबाट सप्तरीको रुपनगर गाविस ७ निवासी २२ बर्षीय अर्जुन बस्नेत र धरमपुर गाविस २ निवासी २५ बर्षीय दिनेश विश्वकर्मालाई पक्राउ गरेको थियो ।
दिनेश विश्वकर्मा र अर्जुन बस्नेत मध्ये बस्नेतको साथवाट एक नाल कटुवा पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै शुक्रबार राती प्रहरीको गस्ती टोलीले सप्तरीको पातोबाट हतियार सहित औरही गाविस ४ का मो. अफताब आलमलाई पक्राउ गरेको छ ।
यसैगरि प्रहरीले भारतीय नाका कुनौली बोर्डर हुँदै नेपालतर्फ प्रवेश गरेको विआर ०६पी ३८६४ नम्बरको महिन्द्रा सवारी गाडीलाई जाँच गर्ने क्रममा भारत विहारको मधुवनी जिल्लाअन्तर्गत पर्ने फुलपरास ग्राम पञ्चायतका २२ वर्षीय दीपककुमार यादवलाई रम्पुरा मल्हनियाँ गाविसस्थित प्रहरी चौकीले हतियारसहित पक्राउ गरेको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ