News Category 2072/09/30
भेडियामा आन्दोलनको रुपमा मनाइदै माघी महोत्सव
दैनिक संवाददाता
राजविराज, २९ पुस ।
थारु कल्याणकारी सभा सप्तरीको संयोजन तथा हर्दिया, दौलतपुर तथा पिप्रा पश्चिम गाविसको व्यवस्थापनमा थारु आन्दोलनको रुपमा माघी महोत्सव २०७२ आयोजना गर्ने भएको छ ।
थारु कल्याणकारीणी सभा सप्तरीद्वारा बुधबार मधेशी पत्रकार समाजको आयोजनामा आयोजित पत्रकार सम्मेलनमा थारु आन्दोलनको रुपमा माघी महोत्सव २०७२ माघ १ गते शुक्रबार हर्दिया गाविस १ भेडियामा भव्य रुपमा आयोजना गर्ने जनाएको छ ।
आयोजित पत्रकार सम्मेलनमा सभाका प्रवक्ता रमाकान्त चौधरीले सो महोत्सवमा झाँकी प्रदर्शन, थारु संस्कृति कार्यक्रम, थारु खाना परिकार प्रदर्शन, अवलोकन एवं स्वाद ग्रहण, थारु पहिरन, संस्कृति प्रदर्शन तथा विभिन्न स्टलहरुको व्यवस्थाका साथै मन्तव्य तथा सम्मान कार्यक्रम लगायतका आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार थारु आन्दोलनको पाटोको रुपमा लिएको हुनाले यो महोत्सवलाई साँस्कृतिक आन्दोलनको रुपमा मनाई आन्दोलनमा एक्यवद्धता हुने भएकोले माघी महोत्सवको आयोजना गर्न लागिएको जनाउनभयो ।
त्यस्तै आयोजित पत्रकार सम्मेलनमा सभाका संयोजन देव नारायण चौधरीले थारु संस्कृति राष्ट्रिय सम्पदा रहेकोले यसलाई संरक्षण र सम्बद्र्धन गर्नका लागि थारु आन्दोलनको रुपमा माघी महोत्सव २०७२ को आयोजना गर्न लागेको बताउनुभयो । उहाँले हरेक जाती समुदायको आप्mनो संस्कृति धरोहरको रुपमा विशेष महत्व बोकेको पर्वहरु मध्ये थारु समुदायको महत्वपूर्ण चाड पर्वहरु मध्ये माघी अर्थात तिलासंक्रान्ती पनि एक हो भन्दै नेपालको सम्पुर्ण थारु समुदायले महोत्सवको रुपमा यो पर्वलाई मनाईने गरेको बताउनुभयो ।
हरेक थारु समुदायले पर्वको रुपमा मनाउँदै आईरहेको सन्दर्भमा यसलाई सामुहिक र संस्थागत तरीकाले माघी महोत्सवको रुपमा मनाउदा स्थानीय पौराणिक कला, संस्कृति, भेषभुषा, भाषा रहन सहन एवं खानपान बचाउमा टेवा पुग्ने र पहिचान लोप हुनबाट सचेत तुल्याउने मुल ध्येयका साथ यस महोत्सवको आयोजनाबाट स्थानीय जिल्ला र राष्ट्र विकासको मुल प्रवाहमा बाटो देखाउनु, स्थानीय श्रोत साधनको प्रयोगमा बल पुग्नुका साथै पर्यटकीय रुपमा टेवा पु¥याई साँस्कृतिक पहिचानलाई स्थायित्व दिन, आर्थिक उन्नतिमा सहयोग पुग्न तथा राष्ट्रिय र अन्र्तराष्ट्रिय तवरमा पहिचान कायम गराउन माघी महोत्सव आयोजना गर्न लागेको जानकारी दिनुभयो ।
मधेशी पत्रकार समाजका अध्यक्ष शैलेन्द्र सिंहको अध्यक्षतामा आयोजित सो पत्रकार सम्मेलनमा सभाका पुरण चौधरीले माघी महोत्सवलाई सफल बनाई दिनका लागि सम्पुर्ण संचारकर्मी, अधिकारकर्मी, नागरिक समाज लगायत सम्पुर्ण जिल्लाबासीहरुसँग आग्रह समेत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ